Logo
१२ असार २०७९, आईतवार
     Sun Jun 26 2022
E-paper
  English Edition
   Unicode
Logo

माछापुच्छ्रे बैंकका ग्राहकले केबुलकार चढ्दा १०% छुट पाउने



काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहकले अन्नपुर्ण केबुलकार चढ्दा १०% छुट पाउने भएका छन् । पोखरामा आन्तरिक पर्यटनको विस्तारमा सेवा पुर्याउने र ग्राहकलाई बिशेष छुट प्रदान गर्ने उद्धेश्यले बैंकले केबुलकार चढ्ने आफ्ना ग्राहकलाई १०% छुट दिने गरी व्यवसायिक सम्झौता गरेको हो ।

उक्त सम्झौतापत्रमा अन्नपुर्ण केबुलकार प्रा.लि.को तर्फबाट महाप्रबन्धक दिनेश पौडेल तथा माछापुच्छ्रे बैंकको तर्फबाट शाखा प्रमुख आलोक मान श्रेष्ठले हस्ताक्षर गरेका छन् । अन्नपुर्ण केबुलकार पोखराको पहिलो केबुलकार सुविधा हो । जसले त्यस क्षेत्रको पर्यटन व्यवसायमा विशेष टेवा पुर्याउर्दै आई रहेको छ ।

सम्झौताअनुसार बैंकका ग्राहकहरूले अन्नपुर्ण केबुलकारबाट टिकेट काँटदा बिलमा १०% सम्म छुट पाउने छन् । उक्त केबुलकार सुविधा पोखराको सेदीबगर देखि सारङ्खकोटसम्म रहेको छ । बैंकका ग्राहकहरूले उक्त छुट बैंकको डेबिट/ क्रेडिट कार्ड प्रयोग गरी केबुलकारको बिल भुक्तानी गर्दा पाउन सक्ने बैंकले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाण्डौं । आज देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा गए राति दुईतले घरको छतबाट लडेर एक

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा