Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

विविध विषयमा ध्यानाकर्षण गराउँदै एनआरएनए युकेले पठायो केन्द्रलाई यस्तो पत्र



लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले कुल–आचार्य–नेतृत्वको आइसीसीलाई एक पत्र पठाएको छ ।
संघले गत मे २० मा पठाएको पत्रमा अध्यक्ष कुल आचार्यलाई सम्बोधन गर्दै विभिन्न विषयहरुमाथि ध्यानाकर्षण गराएको हो ।
विशेष गरी केही समययता निकै चर्चामा रहेको राष्ट्रिय समन्वय परिषद (एनसीसी) यूकेले केन्द्रमा गत बर्ष २०२१ को अधिवेशन र निर्वाचनमा उठेको झण्डै ४३ हजार पाउण्ड सदस्यता शुल्क केन्द्रमा बुझाउने सम्बन्धमा उक्त पत्र केन्द्रित रहेको छ ।

पत्रमा गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद यूकेको तर्फबाट केन्द्रलाई पठाउने सदस्यताबापतको लेभी रकम गैरआवासीय नेपाली संघको विधान २००३ (संशोधन २०२२०) को अनुसूची ८ को ट अनुसार संम्झौता गरी यथाशीघ्र पठाउने जानकारी गराइएको छ ।

त्यस्तै, केही समयअघि सन्तोष भटटराईद्धारा एनआरएनए यूकेलाई पठाइएको इमेलको बारेमा पनि संघले आफ्नो स्पष्टोक्ति दिएको दिएको छ ।

‘केन्द्रलाई सदस्यताबापतको रकम बुझाउने सम्बन्धका कार्यसमितिले यति सुस्पष्ट निर्णय गरेको अवस्थामा यो निर्णयलाई औपचारिक रुपमा केन्द्रलाई जानकारी गराउनुपूर्व युरोप संयोजक सन्तोष भट्टराईका नाममा एनसीसी यूकेको उक्त निर्णय विपरीत र असम्बन्धित विषयहरुमा निर्देशनसहितको एक आदेशपत्र प्राप्त भएको छ,’ पत्रमा भनिएको छ, ‘क्षेत्रीय उपसंयोजकहरु तथा आईसीसी सचिवालयका पदाधिकारीहरुको कुनै सन्दर्भ .रिफरेन्सं प्रयोग भएको छैन । पत्रको भाषा शैलीका आधारमा यो पत्रलाई आईसीसीको कार्यसमिति वा सचिवालयको आधिकारिक पत्राचार भन्दा पनि गैर–आवासीय नेपाली संघभित्रको एउटा पक्षले गैर–आवासीय नेपाली संघ बेलायतलाई बदनाम गर्न असान्दर्भिक निर्देशन र आदेश दिएर तुजुक देखाएको रुपमा बुझेका छौं । अतः भट्टराईको यो पत्रलाई हामी अस्वीकार गर्दछौ ।’

No photo description available.


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा