Logo
१२ असार २०७९, आईतवार
     Sun Jun 26 2022
E-paper
  English Edition
   Unicode
Logo

स्टार्टअप एण्ड आईडिया फेस्ट र डिजिटल सुदूरपश्चिम संवाद आयोजना हुँदै



काठमाडौं । लिभिङ विथ आइसिटी र आइसिटी फाउण्डेसन नेपालको संयुक्त आयोजनामा सुदूरपश्चिम प्रदेशमा स्टार्टअप एण्ड आईडिया फेस्ट र डिजिटल सुदूरपश्चिम संवाद आयोजना हुने भएको छ ।

सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा जेठ ९ गते सोमबार स्टार्टअप एण्ड आईडिया फेस्ट र डिजिटल सुदूरपश्चिम संवाद आयोजना हुने भएको हो ।

स्टार्टअप एण्ड आईडिया फेस्ट दिउँसो १ बजेदेखि र डिजिटल सुदूरपश्चिम संवाद दिउँसो २.३० बजेदेखि सुरू हुने आयोजकले जनाएको छ । सोही समयमा स्टार्टअपहरुको एक्सपिरियन्स शेयरिङ तथा मेन्टरिङ सेसन तथा आईडिया पिचिङ आयोजना हुनेछन् ।

स्टार्टअप एण्ड आईडिया फेस्टमा सुदूरपश्चिम प्रदेशका प्रविधि तथा नव प्रवर्तनको सोच लिएर काम गरिरहेका विभिन्न स्टार्टअप तथा प्रोडक्टमा आधारित कम्पनीहरुले सहभागिता जनाउन सक्ने छन् ।

आईडिया पिचिङ सेसनमा सहभागी कम्पनीहरुले आफ्नो व्यवसाय तथा प्रोडक्ट आईडियाबारे सुनाउने र प्रतिस्पर्धा गर्न सक्ने छन् । यसरी प्रतिस्पर्धा हुने आईडियाहरुबीच उत्कृष्ट पाँचलाई आईडिया इन्कुबेसनका लागि छनौट गरी सम्भावित लगानी भेन्चर्सहरूसँग सम्पर्कमा समन्वय गरिने आयोजकले जनाएको छ ।

यसैगरी एक्सपिरियन्स शेयरिङ तथा मेन्टरिङ सेसनमा स्टार्टअप क्षेत्रमा काम गरी स्थापित भएका अग्रणी व्यक्तित्वहरुले आफ्नो उद्यम यात्रा अनुभव साट्ने र उद्यमशिलतामा प्रशिक्षण प्रदान गर्नेछन् ।

साथै डिजिटल संवादमा सुदूरपश्चिम प्रदेशका निजी तथा सार्वजनिक क्षेत्रका विज्ञ सरोकारवालाहरुबीच प्यानल संवाद आयोजना हुनेछ । कार्यक्रममा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रि त्रिलोचन भट्टको पनि सहभागिता हुने आयोजकले जनाएको छ । सुदूरपश्चिम प्रदेशको डिजिटाइजेसनको अवस्था र आगामी दिनमा अख्तियार गर्नुपर्ने नीति तथा कार्ययोजनाका बारेमा सम्वादमा वृहत छलफल हुनेछ ।

सातै प्रदेशमा योजना भैरहेको कार्यक्रमको ५औ प्रदेशको रुपमा सुदुरपश्चिममा कार्यक्रम आयोजना भैरहेको र बाकी कर्णाली र बागमती प्रदेशमा यहि १२ गते र १६ गते आयोजना हुने इभेन्ट म्यानेजर मुस्कान प्रसाईले बताईन् । सातै प्रदेशको कार्यक्रम पश्चात असार ४ र ५ गते काठमाडौंमा २ दिने डिजिटल नेपाल कंक्लेभको आयोजना हुने बताइएको छ ।

प्रदेशको कार्यक्रममा सहभागी हुन कुनै शुल्क लाग्दैन । स्टार्टअप तथा इन्नोभेटरले निशुल्क स्टल राख्न पाउनेछन् भने अवलोकन र सहभागिताको लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । कार्यक्रममा प्रदेश सरकार, दुरसंचार प्राधिकरण, हुवावे, इन्फोडेभलपर्स, इ बिमा, यार्सा ल्याब, प्रभु पे, निमा एकेडेमि, ब्रोडवे इन्फोसिस लगायतको सहकार्य र सहभागिता रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाण्डौं । आज देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा गए राति दुईतले घरको छतबाट लडेर एक

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा