
विजय थापा । अमेरिकामा नेपाली मूलका युवा साङ्गे शेर्पालामा शेर्पा समुदायकै सम्भवत पहिलो वकिल बनेका छन् ।
शेर्पा जाती हिमाल चढ्ने, हिम चुचुरोमा खेल्ने, हिम शिखरमै रमाउने र सयौ कीर्तिमान कायम गरि रहने आतिला, जोशिला र बहादुर मानिने शेर्पा समुदायकै प्रतिनिधित्व गर्दै अमेरिका जस्तो राष्ट्रमा अधिवक्ता बन्न सफल भएका छन् ।
साङ्गे शेर्पालामाले उत्कृष्ट जिपीए हासिल गर्दै लेखा संकाय (एकाउन्टीङ्ग) समेतमा उतिर्ण हुदै अमेरिकी अधिवक्ता बनि शेर्पा समुदाय तथा मातापिताकै नाम, ईज्जत र प्रतिष्ठा उच्च बनाउन सफल भएका छन् । अमेरिकामा रहेका नेपाली मूलक शेर्पा समुदायको ईतिहास उनी सम्भवत प्रथम अधिवक्ता हुन् ।
अमेरिकामा अहिलेसम्म नेपालीमूलका शेर्पा जातिमा कोही पनि वकिल भएको समाचारहरु आएका छैनन् । उनले मे २०, २०२२ का दिन रजर विलियम युनिभर्सिटी (बिश्वबिद्यालय)बाट कानुन उपाधिमा स्नातक गरेका छन् ।
शेर्पालामाले अमेरिकाको रोड आइल्याण्डको एक निजी विश्वविद्यालय रोजर विलियम्स विश्वविद्यालय ब्रिस्टलबाट स्नातक गरेका हुन् भने यो बिश्व बिद्यालय १९५६ मा स्थापित भएको हो ।
अधिवक्ता हुनासाथ आगामी अगस्त महिनादेखि आफ्नो पहिलो जागिर न्यूयोर्क शहरमा सहायक जिल्ला अधिवक्ता (एडिए–एसिस्टेन्ट डिस्ट्रिक एटोर्नी) पदमा काम थाल्ने भएका छन् ।
साङ्गे शेर्पालामा सामाजिक अभियन्ता बुवा छेवांग शेर्पालामा र आमा आंग फूर्बा शेर्पालामाका कान्छा सुपुत्र हुन् ।