
काठमाडौं । चितवनको भरतपुरमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले फराकिलो मतान्तर बनाउँदै लगेकी छन् । ९६, ३११ मतगणना हुँदा दाहालले ३७,९२८ मत पाएकी छन् ।
दाहालले ३७ हजार बढी मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका विजय सुवेदीले भने २९ हजार ६३३ मत प्राप्त गरेका छन्। जुन दाहालले ल्याएको मतभन्दा ८ हजार २९५ कम हो ।
त्यस्तै, मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १२ हजार ४६३ मत प्राप्त गरेका छन्।
उपमेयरमा पनि गठबन्धनकै उम्मेदवार अगाडि छन्। गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ४० हजार १२१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमाले–राप्रपा गठबन्धनबाट राप्रपाकी उम्मेदवार हिमला गुरूङले २३ हजार ४४३ मत प्राप्त गरेकी छन्।
भरतपुरमा १ देखि २० नम्बर वडाको मतगणना सम्पन्न भइरहेको छ भने अहिले वडा नम्बर २१ को गणना चलिरहेको छ।
कुल १ लाख २७ हजार ५६६ मत खसेकामा ९५ हजार ३११ मत गणना भइसकेको हो । गणना मतको हिसाब गर्दा अब ३२ हजार २५५ मत मात्रै गणना हुन बाँकी रहेको छ ।