
रुपन्देही । रुपन्देहीको बुटवलमा १२ वर्षीया बालिका बलात्कृत भएकी छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी १२ वर्षीया बालिकामाथि बलात्कार गरेको अभियोगमा ५९ वर्षीय पुरुष पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीका अनुसार बुटवल–११ देवीनगरस्थित रंगशाला नजिकै लगेर बालिकालाई बलात्कार गरेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
केसीका अनुसार बुटवल उपमहानगरपालिका ११ रंगशाला बस्ने ५९ वर्षीय रुकनाथ ढकाल नामका ती पुरुषलाई प्रहरीले रंगशालानजिकै तिनाउ नदीको किनारबाट आइतबार बेलुका पक्राउ गरेको हो ।
पक्राउ परेका ढकालले यसअघि पनि बालिकालाई मिठाई दिने प्रलोभन देखाएर पटक–पटक बलात्कार गरेको प्रहरी समक्ष स्वीकारेका छन् ।