
काठमाडौं । नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७६८ नमुना परीक्षणमा थप १० जनामा कोरोना संक्रमण देखिएको हो । आज थपिएका १० जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ७८ हजार ९६१ पुगेको छ ।
त्यसैगरी आज निको भएका १६ जनासँगै नेपालमा हालसम्म ९ लाख ६६ हजार ९९१ जना निको भएका छन् । साथै कूल संक्रमित मध्ये हालसम्म ज्यान गुमाउनेको संख्या ११ हजार ९५२ रहेको छ ।
त्यस्तै हाल १३३ जना सक्रिय संक्रमित रहेका छन् । उनीहरु सबैजना होम आइसोलेशनमा रहेका छन् । हाल आइसीयु र भेन्टिलेटरमा उपचार गर्नेको संख्या शून्य रहेको छ ।
पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण, १३ जना संक्रमणबाट मुक्त