Logo
१२ असार २०७९, आईतवार
     Sun Jun 26 2022
E-paper
  English Edition
   Unicode
Logo

दलित र गैर दलितका छुट्टाछुट्टै धारा



डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका-२ कुडासैन गाउँमा दलित र गैर दलितका लागि छुट्टाछुट्टै धारा निर्माण गरिएका छन् ।
यहाँका गाउँमा वर्षौं पहिलेदेखि दलित र गैर दलितका लागि छुट्टै धारा निर्माण गरिएका छन् । उक्त गाउँको पानीको मुहानमा तीन पानीका धारा निर्माण गरिएका छन् ।

तीन धारामध्ये दुई धारामा कुडासैनका दलित समुदायका व्यक्तिले जान पाउँदैनन् । दलित समुदायका लागि छुट्टै एक धारा निर्माण गरिएको छ । कहिलेकाहीँ उक्त धारामा पानी नआउँदा भने दलितले टाढाबाट (गैर दलित नछुने गरी) भाँडोमा पानी माग्नुपर्ने बाध्यता रहेको स्थानीय दलित बताउँछन् ।

दलित र गैर दलितको खाने पानीको धारा फरकफरक रहँदा लजास्पदको कुरा रहेको दलित अगुवाको भनाइ छ । नेपालको कानून र संविधानले जातीय विभेदलाई दण्डनीय अपराध भनी सजायको व्यवस्थासमेत गरिसकेको भए पनि यहाँका विकट गाउँमा उक्त कानून व्यावहारिक पक्ष फितलो हुँदा अहिले पनि सानो जात र ठूलो जातका आधारमा विभिन्न किसिमका विभेद हुँदै आएको स्थानीयवासी जोगी विष्टले बताए ।

जातीय विभेदका कारणले अहिले पनि देशको एउटा ठूलो समुदाय राज्यका विकास निर्माणका काममासमेत सहभागी हुन नपाएको सम विकास केन्द्रका अध्यक्ष अधिराज विसीले बताए । राजनीतिक दल, नागरिक समाज र विभिन्न सङ्घसंस्थाले दलित र पछाडि पारिएका समुदायको हकहितका निम्ति विभिन्न कालखण्डमा ठूला आन्दोलन गरे पनि अहिलेसम्म जातीय विभेद उन्मूलन हुन नसकेको विसीको भनाइ छ ।रासस/फाइल फोटो


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाण्डौं । आज देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा गए राति दुईतले घरको छतबाट लडेर एक

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा