Logo
१२ असार २०७९, आईतवार
     Sun Jun 26 2022
E-paper
  English Edition
   Unicode
Logo

पाण्डेलाई थप पाँचदिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको आदेश



काठमाडौं । सौन्दर्य प्रतियोगिताको नाममा ८ वर्षीय अगाडि किशोरीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई जिल्ला अदालत काठमाडौंले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने समय दिएको छ ।

सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल प्रतियोगिता आयोजना गरेका पाण्डे प्रतियोगितामा सहभागी १६ वर्षीया किशोरीमाथि बलात्कार गरेको अभियोगमा शनिबार पक्राउ परेका थिए ।

सोमबार पीडित युवतीले जिल्ला प्रहरी परिसर काठमाडौंमा पाण्डेविरुद्ध मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन–०६४ अनुसारको कसुरमा जाहेरी दिनुका साथै जिल्ला अदालतमा उपस्थित भएर घटनाबारे बयानसमेत दिइसकेको प्रहरीले जनाएको छ ।

कपिलवस्तुको वाणगंगा नगरपालिका–२ पिपरा घर भई काठमाडौंमा ‘मोडल ग्लोबल भिसाज कन्सल्टेन्सी’ सञ्चालन गर्दै आएका मनोज पाण्डेले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल प्रतियोगिता आयोजना गरेका थिए ।

सोहि प्रतियोगितामा सहभागी १६ वर्षीया किशोरीलाई बानेश्वरस्थित एभरेष्ट होटलमा पुर्याएर बलात्कार गरेको र सोहि क्रममा बलात्कारको भिडियो समेत बनाएर पाण्डेले ६ महिनासम्म ब्लाकमेल गर्दै बलात्कार गरेको आरोप लगाउँदै सामाजिक संजालमार्फत् युवती सार्वजनिक भएपछि यसले समाजमा ठूलो बहस सिर्जना गरेको छ ।

जवरजस्ती करणी सम्बन्धी कसुरमा १ वर्षे हदम्यादका कारण पीडित युवतीले न्याय पाउने बाटो बन्द भएको भन्दै यस्तो कसुरमा कानुनमा रहेको हदम्याद नै खारेज गर्नुपर्ने भन्दै सडक देखि सदनसम्म आवाज उठिरहेका छन् ।

 

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाण्डौं । आज देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा गए राति दुईतले घरको छतबाट लडेर एक

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा