Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

पूर्ण खोप सुनिश्चिताका लागि नमूनाका रुपमा घरधुरी सर्वेक्षण



बैतडी । पूर्ण खोप सुनिश्चितताका लागि बैतडीमा घरधुरी सर्वेक्षण गर्न थालिएको छ । जिल्लाका १० वटै स्थानीय तहमा घरधुरी सर्वेक्षण थालिएको हो ।

स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार राष्ट्रिय खोप तालिकाअनुसार बालबालिकाले सबै खोप लगाए/नलगाएका बारेमा जानकारी लिनका लागि नमूनाका रुपमा घरधुरी सर्वेक्षण गर्ने कार्य भइरहेको छ । सबै पालिकाका तीन/तीन वडामा एक वडामा १५ घरधुरीका हिसाबले सर्वेक्षण कार्य भइरहेको हो ।

पालिकाहरुले यसअघि नै प्रत्येक घरमा घरधुरी सर्वेक्षण गरिसकेकाले सो कार्यलाई प्रमाणीकरण गर्नका लागि जिल्लाभरि घरधुरी सर्वेक्षण कार्य थालिएको उनले बताए । सोह्र महिनादेखि २३ महिनासम्मका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाए/नपाएको बारेमा सर्वेक्षण भइरहेको छ ।

जन्मेदेखि २३ महिनासम्मका बालबालिकालाई विभिन्न रोगविरुद्ध १२ खोप दिने गरिएको छ । प्रमुख भट्टले भने, “पालिकाहरुले गरेको सर्वेक्षणलाई हामीले सही छ कि छैन भनेर प्रमाणीकरण गरिरहेका छौँ, सर्वेक्षणका क्रममा कुनै बालबालिका छुटेको पाइएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा लगेर खोप लगाउँछौँ । ”

जेठ मसान्तसम्म सञ्चालन हुने घरधुरी सर्वेक्षण कार्यक्रममा स्वास्थ्यकर्मी, पत्रकार, खोप समन्वय समितिका पदाधिकारी, रेडक्रसकर्मीलगायतको सहभागिता रहेको छ । बैतडी जिल्ला २०७२ सालमा पूर्ण खोपयुक्त जिल्ला घोषणा भइसकेकाले प्रत्येक वर्ष पूर्ण खोप सुनिश्चित गर्ने गरिएको छ ।

खोप पाउने उमेर समूहका बालबालिकाहरुले पूर्ण खोप पाएमा पालिकाहरुलाई प्रत्येक वर्ष पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिने र त्यसपछि स्वास्थ्य कार्यालयले प्रमाणीकरण गरेपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने गरिन्छ । यो वर्ष असार पहिलो साता पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्ने तयारी छ ।रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

काठमाडाैं । राष्ट्रपति बिद्यादेवी भण्डारीले आज बिहान ११ बजे सपथ खुवाउने पाँच मन्त्री मध्ये

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा