
मुगु । जिल्ला समन्वय समितिमा नव निर्बिरोध निर्बाचित मञ्जनबहादुर कार्कीको राजनीतिक यात्रा २०५४ सालमा शुरु भएको हो । उक्त सालमा कार्कीले कांग्रेस पार्टीको क्रियासिल सदस्य लिएपछि राजनीतिक यात्रा प्रारम्भ भएको हो ।
२०५२ सालमा नेपाल बिधार्थी संघको जिल्ला सहसचिव भएर संगठन बिस्तारमा लागेका कार्की २०५९ सालमा जिल्ला तरुणदलको संयोजक समेत भएर काम गरेका थिए । कार्की २०६२ सालमा पार्टीको जिल्ला कार्य समितिको सचिव समेत निर्बाचित भएका हुन् ।
पार्टीको प्रमुख पद सचिवमा निर्बाचित भएपछि कार्कीको उच्च मनोबल बनाउँदै गएको र पार्टी संगठन बिस्तारमा होमिएका थिए । २०७८ सालमा कर्णाली प्रदेश सदस्य पदमा निर्बाचित भएका कार्की कार्य सम्पादनमा समेत सिफारिस भएका छन् । अहिलेको स्थानीयतहको निर्बाचनमा उनी आफनै भीई वडामा सदस्य पद जितेर जिल्ला समन्वय समितिको गरिमामय पद प्रमुखमा निर्बिरोध निर्बाचित हुन सफल भएका हुन् । मिलनसार हसिलो स्वभावका कार्कीले सबै दलका नेताको मन जितेका छन् । २०४४ सालमा घरबाट पहिलो पटक गमगढी आएका थिए कार्की ।
समन्वयलाई प्रभाकारी बनाउछु
जिल्ला समन्वय समितिमा निर्बाचित प्रमुख मञ्जनबहादुर कार्कीले समन्वयलाई प्रभावकारी बनाउने सञ्चारकर्मीलाई प्रतिक्रिया दिएका छन् । मुगुका चारवटै स्थानीयतहमा समन्वय सहकार्य गर्ने । संघ र प्रदेशमा पनि समन्वय सहकार्य गरि जिससलाई शसक्त बनाउने बताउँछन् ।
कार्कीले जिससको मुख्य मेरुदण्ड मानिएको अनुगमनलाई प्रभावकारी बनाउने तथा सरकारी तथा गैसस दातृ निकायसंग मितब्यीय कायम गर्ने उनको भनाई छ । जिल्लामा समग्र बिकासको लागि संघ प्रदेश सरकारसँग समन्वय सहकार्य गरि रहने कार्कीको भनाई छ ।
गठबन्धन निर्बिरोध निर्बाचित
जिल्ला समन्वय समितिमा तीन दलीय गठबन्धन प्यानल बिजयी भएको छ । प्रमुख पदमा कांग्रेसका मञ्जनबहादुर कार्की र उपप्रमुखमा नैली कार्की निर्बिरोध निर्बाचित भएका हुन् । कांग्रेसबाट एक खुल्ला सदस्य एक दलित अल्पसंख्या र तीन महिला गरि ५ सदस्य निर्बिरोध निर्बाचित भएका छन् । जस अन्र्तगत झमुरा रावल, पञ्चकला नेपाली, सुन्तला मल्ल, सुनाम लामा र धुब्र बिक सदस्य रहेका छन ।
त्यसैगरी जिसस सदस्यमा नेकपा माओबादी केन्द्रको तर्फबाट कर्णप्रसाद माठागाई र एकिकृत समाजबादीबाट दानबहादुर रावत निर्बिरोध निर्बाचित भएका छन् ।
मुगुमा तीन दलिय गठबन्धनलाई कायम राख्न जिसस सदस्यमा एक माओबादीलाई र एक एकिकृत समाजबादीलाई दिइएको कांग्रेस सभापति ऐनबहादुर शाहीले बताए । गठबन्धनले मुगुमा कांग्रेसलाई फाइदा भएको सभापतिको भनाई छ ।