
विजय थापा । पूर्व नेपाल सुन्दरी सदीक्षा श्रेष्ठ अमेरिकाको न्यूयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिका २०२२ को लागि आधिकारिक कोरियोग्राफर (आधिकारिक सम्पूर्ण प्रशिक्षण)को भूमिका निर्वाह गर्ने भएकी छन् । मिस नेपाल नर्थ अमेरिका आयोजकले उनलाई २०२२ को लागि पनि आधिकारिक कोरियोग्राफरको रुपमा नियुक्त गरेको घोषणा गरेको छ ।
मिस नेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी )को स्थापना कालदेखि नै लगातार जोडिएकी श्रेष्ठले यसपटक पनि प्रतियोगिता भरी उनले प्रशिक्षण दिने छिन् ।
बिगतमा सफलतापूर्वक सम्पन्न भएका तीनवटा प्रतियोगितामा प्रतियोगीहरुलाई उत्कृष्ट तालिम दिई प्रतियोगीहरुको आत्मविश्वास वृद्धि गर्दै श्रेष्ठले प्रतियोगितालाई अर्को तहमा पुर्याएकी छन् । श्रेष्ठ पूर्व नेपाल सुन्दरी तथा मिस नेपाल वर्ल्ड (नेपाल बिश्व सुन्दरी)२०१० हुन् ।
उक्त प्रतियोगिताको नारा भावी पुस्तालाई सशक्त पार्न नेपाली महिलाहरूलाई सशक्तिकरण गरिदै भन्ने राखिएको छ ।
प्रतियोगितामा सहभागी हुन् चाहने प्रतियोगीहरूको लागि आवेदन पत्र दिने अन्तिम मिति आगामी जुन २९ ,२०२२ तोकिएको छ ।
आयोजक समूहको संस्थापक तथा संचालक शैलेश श्रेष्ठले प्रतियोगितामा सहभागी हुन् शीघ्र नाम दर्ता गराउन इच्छुक सबैलाई आग्रह गरेका छन् ।
ग्रान्ड फिनाले अर्थात् समापन समारोह अगस्त ६ का दिन शनिवारका न्यूयोर्क शहरमा हुनेछ ।
१२ बर्ष सम्म रणनीति कार्यक्रम व्यवस्थापन, परियोजना व्यवस्थापन तथा नेतृत्व व्यवस्थापनमा गहिरो अनुभव बटुलेका व्यक्तिहरू मिस नेपाल नर्थ अमेरिका(उत्तर अमेरिका नेपाल सुन्दरी )प्रतियोगिताको आयोजक समूहमा शैलेश श्रेष्ठ संस्थापक सभापति हुन् ।