Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

सुरक्षा गार्डमाथि खुकुरी प्रहार गरेको आरोपमा कलेजका चार विद्यार्थी प्रक्राउ



काठमाडौं । कलेजमा सुरक्षा दिइरहेका सुरक्षागार्डमाथि खुकुरी प्रहार गरेको आरोपमा कालिकास्थानस्थित त्रिनिटी कलेजमा ४ विद्यार्थी पक्राउ परेका छन् ।

काठमाडौंको वडा नं २९ कालिकास्थानमा रहेको त्रिनिटी कलेजमा मानविकी संकाय अन्तर्गत कक्षा ११ मा पढ्ने विद्यार्थीहरूले मंगलबार दिउँसो सुरक्षा गार्डमाथि खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका हुन् ।

प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार मंगलबार दिउँसो साढे १ बजे कलेजका सुरक्षागार्डमाथि खुकुरी प्रहार भएको थियो । घाइते रहेका उनको तत्काल उद्धार गरी मोडेल अस्पतालमा उपचारका लागि पुर्याइको थियो । उनको बायाँ कानमुनि चोट लागेको बताइएको छ ।

पक्राउ पर्नेमा म्याग्दीको बेनी नगरपालिका वीरमुनी घर भइ हाल तारकेश्वर नगरपालिका बानियाँटारमा बस्ने १८ वर्षीय जोसेन बानियाँ, रामेछाप मन्थली नगरपालिका घर भई काठमाडौं डिल्लीबजार बस्ने १८ वर्षीय बिपिन खत्री, ओखलढुङ्गा मानेभञ्याङ्ग घर भई काठमाडौं घट्टेकुलो बस्ने १८ वर्षीय प्रतीक खतिवडा र टोखा बस्ने १८ वर्षीय सञ्जिव भण्डारी रहेका छन् ।

१० दिन अघि कलेजमा बास्केट बल खेल्ने क्रममा विद्यार्थीहरूबीच बिबाद भएको र सोहि विषयलाई लिएर झगडा हुँदा रोक्न पुगेका सुरक्षा गार्डमाथि जोसन बानियाँले खुकुरी प्रहार गरेको पाइएको प्रहरीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

काठमाडाैं । राष्ट्रपति बिद्यादेवी भण्डारीले आज बिहान ११ बजे सपथ खुवाउने पाँच मन्त्री मध्ये

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा