
प्रधानमन्त्री शेरबहादुर देउवा असार महिनाको अन्तिम साता राष्ट्रपति जो वाइडेनको निमन्त्रणामा अमेरिकाको भ्रमण गर्दैछन् । उनीभन्दा अघि प्रधानसेनापति प्रभुराम शर्मा त्यहाँ जाने कार्यक्रम छ । यसरी दुवैजना भ्रमणमा किन जाँदैछन् त ? आज राजनीतिक वृत्तमा यो निकै चासो र खोजीको विषय भएको छ ।
नेपाल भ्रमणमा आएका अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिनले नेपाल सरकारसँग स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)को प्रस्ताव राखेको कुरा बाहिर प्रकाशमा आएको छ । प्रधानसेनापति र प्रधानमन्त्री त्यही प्रस्तावलाई मूर्त रूप दिन अमेरिका जान लागेको तथ्य सार्वजनिक भएका छन् । प्रधानमन्त्री देउवा नजिकका सांसद मिनबहादुर विश्वकर्माले नेपाली सेनाको सशक्तीकरण, आधुनिकीकरण र क्षमता बृद्धिका लागि उक्त सम्झौता गर्न लागिएको भनि प्रष्ट पारेका छन् । जुन सार्वजनिक सञ्चारमाध्यममार्फत बाहिर आएका छन् ।
स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) भनेको अमेरिकी सेनाको मातहतमा रहेको नेशनल गार्ड र साझेदार देशबीचको संयुक्त सुरक्षा सम्बन्धि परियोजना हो । जसको काम आतंककारी गतिविधिलाई नियन्त्रण गर्ने भनिएको छ । यसको स्थापना सन् १९९१ मा तत्कालिन शोभियत संघविरुद्ध लड्न खडा भएको थियो । तत्कालिन सोभियत संघको विघटन पछि त्यसको प्रभावमा रहेका देशहरुलाई आफ्नो प्रभावमा ल्याउन यसको निकै प्रयोग गरेको थियो ।
केहो स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) ?
अहिले राजनीतिक वृत्तमा एसपीपी प्रस्तावप्रति निकै आशंका, सशंय र विरोध देखिन्छ । तर, कतिपयले यसलाई बुझेर विरोध गरिरहेका छन् त कतिपयले नबुझी विरोध गरिरहेका छन् । यहाँ स्टेट पार्टनरसीप प्रोग्रामबारे स्पष्ट पार्ने कोसिस गरिएको छ ।
स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) भनेको अमेरिकी सेनाको मातहतमा रहेको नेशनल गार्ड र साझेदार देशबीचको संयुक्त सुरक्षा सम्बन्धि परियोजना हो । जसको काम आतंककारी गतिविधिलाई नियन्त्रण गर्ने भनिएको छ । यसको स्थापना सन् १९९१ मा तत्कालिन शोभियत संघविरुद्ध लड्न खडा भएको थियो । तत्कालिन सोभियत संघको विघटन पछि त्यसको प्रभावमा रहेका देशहरुलाई आफ्नो प्रभावमा ल्याउन यसको निकै प्रयोग गरेको थियो ।
अमेरिकी र युरोपेली मिलेर बनेको यो सैन्य संरचनामा हाल ९३ देश आवद्ध छन् भने ८५ देश साझेदारका रुपमा रहेका छन् । एसपीपीको आधिकारिक वेभसाइटमा नेपाललाई पनि सन् २०१९ मै यसको सदस्य राष्ट्र बनिसकेको उल्लेख छ ।
तत्कालिन जुन प्रयोजनले ल्याएको भएपनि अहिले एसपीपीको उद्देश्य हिन्द–प्रशान्त रणनीतिलाई थप बल प्रदान गर्ने भन्ने छ । एसपीपी एसिया क्षेत्रमा मुख्यतः चीनविरुद्ध केन्द्रीत देखिन्छ । अमेरिका चीनका छिमेकी देशमा एसपीपीमार्फत प्रवेश गरी आफ्नो सैन्य योजना पुरा गर्ने ध्याउन्नमा छ ।
नेपाल अमेरिकाको निम्ति चीनविरुद्धको रणनीतिक स्थल हो । यसर्थ, अमेरिका नेपाललाई चीनविरुद्ध लड्ने युद्ध मैदान बनाउन चाहन्छ । अमेरिका जे–जसरी रुसका विरुद्ध युक्रेनलाई प्रयोग गर्यो, त्यही शैलीमा चीनविरुद्ध नेपाललाई प्रयोग गर्न खोज्दैछ । एसपीपीको प्रस्ताव सोही योजनाअनुसार आएको कुरामा दुविधा छैन ।
निष्कर्षमा,
स्पष्ट छ, अमेरिकाले नेपाललाई एमसीसीको चंगुलमा फसाइसकेको छ । १२ बुँदे व्याख्यात्मक घोषणाको लेपन लगाएका यहाँका शासकले अमेरिकालाई वैधानिक रुपमा प्रवेश गराएका छन् । एमसीसी पछि अमेरिका एसपीपीमार्फत थप ठूलो आकारमा प्रवेशको तयारीमा छ ।
नेपाल अमेरिकाको निम्ति चीनविरुद्धको रणनीतिक स्थल हो । यसर्थ, अमेरिका नेपाललाई चीनविरुद्ध लड्ने युद्ध मैदान बनाउन चाहन्छ । अमेरिका जे–जसरी रुसका विरुद्ध युक्रेनलाई प्रयोग गर्यो, त्यही शैलीमा चीनविरुद्ध नेपाललाई प्रयोग गर्न खोज्दैछ । एसपीपीको प्रस्ताव सोही योजनाअनुसार आएको कुरामा दुविधा छैन । अतः यस षडयन्त्रको भण्डाफोर गर्नु आम देशभक्त नागरिकका लागि आजको आवश्यकता बनेको छ ।
याे पनि पढ्नुहाेस् …