Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

मुगु जिसस ३० बर्षपछि कांग्रेसको हातमा



मुगु । मुगु जिल्ला समन्वय समिति ३० बर्षपछि कांग्रेसको हातमा परेको छ । करिव २९ बर्ष सम्म बामबन्थीको पोल्टा गएको जिसस यतिबेला भने कांग्रेसले हात पार्न सफल भएको छ ।

२०४९ सालमा तत्कालिन जिल्ला बिकास समितिका सभापति स्वर्गीय बखत बहादुर शाहीको कार्यकालपछि ३० बर्षसम्म बामपन्थीको पोल्टा रहेको जिसस यतिबेला कांग्रेसबाट निर्बाचित प्रमुख मञ्जनबहादुर कार्की, उपप्रमुख नैली कार्कीसहित ५ जना सदस्य संख्याका बहुमतमा कांग्रेसको भागमा परेको छ ।

स्वर्गीय शाही कांग्रेसबाटै जिबिस सभापति भएका हुन् । उनको कार्यकाल पछि नेकपा एमालेबाट मोहन बानियाँ र त्यसपछि शाही शासनकालमा डिल्ली प्रसाद भट्टले जिबिस सभापति सम्हालेका थिए ।

डिल्ली भट्टको कार्यकालमै लोकतान्त्रिक गणतन्त्र आएपछि २०७२ मा स्थानीय निर्बाचन हुँदा चारवटा स्थानीयतहमा चार उपप्रमुख एक प्रमुख जितेपछि एमालेबाट पूर्णबहादुर रोकाया जिसस प्रमुखमा निर्बाचित भएर पाँच बर्षसम्म कामकाज चलाए ।
बैशाख ३० गते सम्पन्न निर्बाचनमा चार स्थानीयतहमा प्रमुख÷उपप्रमुख अध्यक्ष र उपाध्यक्षसहित पाँचवटा सिट कांग्रेसले जितेपछि कांग्रेसबाट कार्की समन्वय प्रमुख हुने अबसर पाएका छन् ।

३० बर्षपछि जिसस कांग्रेस पार्टीमा फर्काउन सफल भएको सभापति ऐनबहादुर शाही बताउछन् । वडा, पालिका, नगर तथा जिसस जस्ता राजनीतिक निकाय फरक पार्टीको पोल्टातिर गएपछि फर्काउन निकै गाह्रो र धेरै समय लाग्ने उनको भनाई छ । ३० बर्षको अन्तरालमा जिसस कांग्रेसतिर फर्किएपछि नेता तथा कार्यकर्ताहरुमा खुशी छाएको छ ।

गठनबन्धनमा सहभागी माओवादी र एकिकृत समाजबादी जिससको १÷१ सदस्य पदमा चित्त बुझाउनु पर्ने अबस्था आएको छ भने एमाललेको बहुमत नपुग्दा जिससबाट बाहिरिनु पर्ने भएको छ ।

सोरु गाउँपालिकाको–३ भीई वडा पनि करिव ३० बर्षपछि कांगे्रसको पोल्टामा पुगेको छ । उक्त वडामा कांग्रेसका सिहबहादुर धामीले वडाअध्यक्ष जितेका छन भने सोरु गाउँपालिकाको –९ कालै वडा पनि लामो समय पछि कांग्रेसको हातमा पुगेको छ । सो वडामा कांग्रेसका युवा सागर सम्शेर शाहीले बामको बिरासत तोड्दै वडा अध्यक्ष जित्न सफल भएका छन् ।

एकिकृत समाजवादीका संघीय सांसद गोपाल बमको बाहुल्यता रहेको छायाँनाथ रारा नगरपालिका–७ मा पनि ३० बर्षपछि कांग्रेसले वडाअध्यक्ष जितेको छ ।

उक्त वडामा कांग्रेसका गगनबहादुर शाहीले वडाअध्यक्ष जितेर सांसद बमको बिरासत तोडन सफल भएका छन् । एमाले माओबादीको प्रभाव मानिएका वडा तथा जिससमा यो पटक कांग्रेसले जित्न सफल भएको कांग्रेस पार्टी प्रबक्ता प्रकाश कुमार शाही बताउछन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा