Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

विशेष कबड्डी प्रशिक्षण सुरु



महेन्द्रनगर । चीनमा हुने १९औं एशियाली खेलकुद प्रतियोगिताका लागि राष्ट्रिय महिला कबड्डी टिमले कञ्चनपुरको महेन्द्रनगरमा विशेष प्रशिक्षण सुरु गरेको छ ।
यहाँस्थित कभर्डहल परिसरमा रहेको जिल्ला कबड्डी सङ्घको आधुनिक कबड्डी प्रशिक्षण केन्द्रमा राष्ट्रिय महिला कबड्डी टिम एक महिना विशेष प्रशिक्षणमा रहने कबड्डीका मुख्य प्रशिक्षण विष्णुदत्त भट्टले जानकारी दिए ।

सन् २०२३ मा हुने भनिएको एशियालीका लागि महिला कबड्डीतर्फ हाल २४ खेलाडीलाई मुख्य प्रशिक्षकसहित दुई सहायक प्रशिक्षकले प्रशिक्षण दिइरहेका छन् । “प्रशिक्षण प्रभावकारी बनाउन सबै खेलाडीलाई एक ठाउँमा राखेर विशेष प्रशिक्षण सुरु गरेका छौं”, मुख्य प्रशिक्षक भट्टले भने, “असारको तेस्रो सातापछि पहिलो चरणको छनोट हुनेछ ।”
राष्ट्रिय खेलकुद परिषद्को आर्थिक सहयोग र यहाँस्थित जिल्ला कबड्डी सङ्घको सहयोगमा अहिले विशेष प्रशिक्षणमा रहेका महिला खेलाडी कबड्डी प्रशिक्षण केन्द्रको आवासमा आश्रय लिइरहेका छन् ।

“यहाँ प्रशिक्षण केन्द्रमै खानपिन र बसोबासको व्यवस्थापन गरिएको छ”, उनले भने, “यो स्तरको विशेष प्रशिक्षण सम्भवतः यहाँ पहिलोपटक नै हो ।” यहाँ प्रशिक्षणमा रहेकामध्येबाट अन्तिममा छनोट हुने १२ महिला कबड्डी खेलाडी एशियाली खेलकुदमा सहभागी हुनेछन् ।

यसैगरी आगामी असोजमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने कबड्डी खेलाडीलाई पनि अहिलेको विशेष प्रशिक्षणमा समावेश गरिने मुख्य प्रशिक्षक भट्टको भनाइ छ ।रासस

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

काठमाडाैं । राष्ट्रपति बिद्यादेवी भण्डारीले आज बिहान ११ बजे सपथ खुवाउने पाँच मन्त्री मध्ये

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा