Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

नेपाली नागरिकताका लागि आवस्यक कानुनी व्यवस्था तत्काल गर्न एनआरएनएको माग



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनएं) ले गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न तत्काल आवस्यक कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

संघद्धारा आयोजित ‘नागरिकता, मताधिकार, लगानी तथा वैदेशिक रोजगार’ विषयक सेमिनार कार्यक्रम बुधबार नौ बुँदे निष्कर्षसहित सम्पन्न भएको छ ।

संघद्धारा जारी उक्त नौ बुँदे निष्कर्षमा संविधानमा भएको व्यवस्थाको भावना अनुरुप गैरआवासीय नेपाली नागरिक सरह सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार उपयभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न आवस्यक कानूनी व्यवस्था तत्काल गरिदिन सरकार तथा राजनीतिक दलसँग आग्रह गरिएको छ ।

त्यसैगरी संघले स्थापनाकालदेखि उठाउँदै आएका विभिन्न मुद्दाहरुलाई सरकारको नीति तथा कार्यक्रम एवं आर्थिक वर्ष २०७९÷८० को बजेटमा सम्बोधन भएकोमा धन्यवाद ज्ञापन गर्दै गैरआवासीय नेपालीहरुलाई लक्षित गरि नेपालका बैंकमा डलर खाता खोल्न तथा आकर्षष व्याज प्राप्त हुने गरी वैदेशिक रोजगार बचतपत्र निष्काशन गरेकोमा राष्ट्र बैंकलाई धन्यवाद ज्ञापन गरेको छ ।

जायज मागप्रति सरकार संवेदनशील हुने प्रधानमन्त्रीको भनाई
सोहि कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले एनआरएनएले उठाएका जायज मागप्रति सरकार संवेदनशील रहेको बताएका छन् । प्रधानमन्त्री देउवाल एनआरएनहरुको नेपाल आवागमन सहज गर्नेदेखि लगानी र सम्पत्तिको संरक्षण गर्ने काममा सरकारले आवश्यक सहयोग गर्ने समेत बताए ।

प्रधानमन्त्री देउवाले आगामी आर्थिक वर्षको बजेटमा नेपाल सरकारले विदेशी लगानीको न्यूनतम सीमा रु पाँच करोडबाट घटाएर रु दुई करोड कायम गरेको, त्यस्तै रु १० करोड सम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित प्रणालीबाट हुने व्यवस्था मिलाउने कुरा उल्लेख गरेको समेत बताएका थिए ।

त्यस्तै परराष्ट्रमन्त्री डा. नारायण खड्काले गैरआवासीय नेपालीको लगानी प्रोत्साहन गर्न सरकारले ‘विशेष आर्थिक क्षेत्र’ स्थापना गर्ने योजना बनाइरहेको बताउँदै संविधानको भावना अनुरुप गैर आवासीय नेपालीका लागि नेपाली नागरिकता प्रदान गर्न सरकार प्रतिबद्ध रहेको समेत बताएका थिए ।

प्रधानमन्त्री देउवाद्धारा उद्घाटन गरिएको उक्त कार्यक्रममा सेमिनारमा प्रमुख निर्वाचन आयुक्त, मन्त्रीहरु, सांसदहरु, राजनीतिक दलका नेताहरु, विषयगत विज्ञ, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू, निजी तथा व्यवसायिक संघ संस्थाका प्रतिनिधिहरू, संचारकर्मीहरु एवं विश्वभरबाट चारसय भन्दा बढीले सहभागीता जनाएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा