
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले ‘एजेन्सी सिफ्रेस्मेन्ट तथा उत्प्रेरणा कार्यक्रम’ सम्पन्न गरेको छ । कम्पनीले लुम्बिनी प्रदेशमा सो कार्यक्रम सम्पन्न गरेको हो ।
कम्पनीले कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काको आथित्य रहेको उक्त कार्यक्रममा बुटवल, बर्दघाट, सुनवल, परासी, मुर्गिया, मणिग्राम, भैरहवा र मर्चबारबाट अमिकर्ताहरुको सहभागिता रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार प्रदेश प्रमुख किरण गौतमको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा वरिवष्ठ अभिकर्ता कमल घिमिरे, माधव शर्मा र विष्णु पंगेनीले आफ्ना सफलताका अनुभव सुनाएका थिए ।
कम्पनीको ‘मेरो पहिलो पोलिसी’ अभियान अन्तर्गत आफ्नो पोलिस हासिल गर्न सफल नयाँ अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृतले सम्मान गरेका थिए । साथै, उपस्थित अभिकर्ताहरुलाई उत्प्रेरणामुलक सन्देश तथा उपलब्धिमुलक प्रशिक्षण दिए । उनले बीमितहरुको सेवालाई प्राथमिकतामा राखी अघि बढेमा कम्पनीको व्यवसाय वृद्धि हुने बताए ।
प्रमुख कार्यकारी अधिकृत खड्काले अभिकर्ताहरु नै कम्पनीको मेरुदण्ड भएको र उनीहरु मार्फत नै आम जनतामा कम्पनीको सेवा तथा सुविधा पुर्र्याउन सहज भएको बताए । समयको सही सदुपयोग, मेहनत र लगनशीलताका साथ अघि बढेमा सफलता सुनिश्चित रहेको बताए ।
उक्त कार्यक्रमबाट अभिकर्ताहरुले नयाँ जोस, जाँगर र थप हौसला प्राप्त गर्ने विश्वास कम्पनीले गरेको थियो ।