Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

कविता : एउटा आवाज –फूलका पक्षमा



राधा पाण्डे
गैंडाकोट न.पा., नवलपुर सुस्ता पुर्व

ऊ मौन छ,
सबै समर्पणमा
सधैं मौन छ

स्वागतमा,
संस्कृतिमा
आस्थामा
सबै उपस्थितिमा
जहाँ जस्तो प्रयोगमा पनि
चुपचाप छ

आफ्नो कर्म नछोडेर
भीरमा, पहरामा
हिलोमा, काँडामा
आँगनमा, गमलामा
भिन्न भिन्न रंग भरिएर
चारै ऋतुमा फूल फुलिरहन्छ

चुडिएर थुँगा थुँगा
च्यातिएर पत्र पत्र
मुर्ति मुर्तिमा
भागवण्डा भइरहँदा पनि
फूल चुपचाप छ

मुर्तिको शिरमा चढाएपनि
पाउमा मिल्काएपनि
फूलको सहनशीलता डग्मगाउदैन

युगौदेखि,
चुडिनुको,
च्यातिनुको,
र, समर्पित हुनुको पीडाले
थिल्थिलिएर पनि फूल
संवाद बिहिन छ
बिरोधको
बिद्रोहको
कुनै आवाज छैन

श्रीमान्,
फूल र मुर्ति बीच किन नाता हुँदैन
यथाशीघ्र स्थलगत अवलोकन गरि,
फूल र मुर्ति बीचको नातासम्बन्ध प्रमाणीत गरिदिनू
इतिहासदेखि वर्तमानसम्म
फूल अन्यायमा छ

परम्परा,
परिवेश,
समाज र,
सत्ताले च्यापिएर
फूलको आवाज रोकिएको हो

ए ! आवाज हुनेहरु हो !
कोही त केही बोल !
समयको कुन कालमा
फूलमाथि न्याय कहिले भयो ?

त्यो निर्दोष फूलको पीडा
थप अरु म हेर्न सक्दिन
अब त्यो फूलको पक्षमा
एक आदिम मुद्दा जाहेर गर्छु
मलाई फूलको न्यायमा बोल्न मन छ

श्रीमान्,
फूल र मुर्ति बीच किन नाता हुँदैन
यथाशीघ्र स्थलगत अवलोकन गरि,
फूल र मुर्ति बीचको नातासम्बन्ध प्रमाणीत गरिदिनू
इतिहासदेखि वर्तमानसम्म
फूल अन्यायमा छ

श्रीमान,
आज मेरो नजरमा त्यो फूल र,
मेरो नाबालक छोरी
अर्थात् ,
बसन्तपुर दरबारको झ्यालबाट
टुलुटुलु हेरिरहने ‘कुमारी’
उस्तै दुरुस्तै लागेको छ

श्रीमान्,
म अनभिज्ञ पनि हुन सक्छु
त्यो दरबार र कुमारी बीच कुनै नाता छ
फूल र मुर्ति बीच कुनै नाता छ

प्रक्रिया पुगिसकेका
सम्बन्धका मिसिलहरु छन्
ती कदापि चुप हुने छैनन्
श्रीमानबाटै स्पष्ट जवाफ पाऊँ !
कहिले हुन्छ श्रीमान् !
फूल र मुर्तिबीचको नाता प्रमाणीत ?


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा