
म्यामराज राई
हतुवागढी ,भोजपुर,हाल : जापान
त्यो कम्पनीको शाखाहरू पाँच किलोमिटर दुरीको बाटोमा थिए । गाडीमा जाम नभए सबैतिर दश–दश मिनेटमा पुगिन्थ्यो ।
गाडी बेच्ने कम्पनीमा उ काम गथ्र्याे । गाडी चलाउन उसको लागि बच्चामा भाँडाकुटी खेले जस्तै सजिलो थियो । उ रमाइलो मान्थ्यो ।
जम्मा शाखाहरू बाइस ओटा । कहिले उता गाडी पुराउन त कहिले उताको गाडी यता ल्याउनुपथ्र्यो । उसँग गाडी चलाउने राम्रो अनुभव थियो । प्रायः उसैलाई गाडी ओसारपसारमा सबैले अराउँथे। उ गाडी चलाउन पाउँंदा मख्ख थियो । यो पाली गाडीको पाङ्ग्रा फेर्न कम्पनीको मर्मत केन्द्र जानुपर्यो । दुरी उस्तै । उ तयार भयो । गाडी हुईकायो । जवानीको बल र सिकेको सीप प्रयोग गर्यो । करिब पन्ध्र मिनेटमा पाङ्ग्रा फेर्न सकायो ।
पत्तो नपाउँंदा नियम मिचेर गाडी चलाए पनि उसलाई डर लागेन । मोती टिप्न गहिराइमा बेहोसीमै हाम फाल्यो । टिपेर फर्किने कसरी ? सोच्दै सोचेन । उसलाई ठ्याक्कै त्यस्तै भयो । गाडीको नम्बरले हद म्याद नाघेर स्टाफहरूले नम्बरै हटाइसकेका रहेछन्,पत्ता पायो । ‘बिना नम्बर नै गाडी हुइकाएको रहेछु ।
उ मनमनै काम्यो । कडा ट्राफिक नियम सम्झेर उसको मथिङ्गल हल्लियो ।