
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल सङ्घीयतामा गएकाले विकासका गतिविधि स्थानीय तह र प्रदेशबीच समन्वय, सहकार्य गरी संयुक्तरुपमा अघि बढ्न जरुरी रहेको बताएका छन् । प्रधानमन्त्री देउवाले धनगढी उपमहानगरपालिका कार्यालय परिसरमा नवनिर्मित प्रशासनिक भवनको आज उद्घाटन गर्दै यस्तो बताएका हुन् ।
प्रधानमन्त्री देउवाले गौरीफन्टा नाकामार्फत् व्यापारलाई सहज बनाउन पहल गरिने बताए । उनले नेपाल–भारत सीमा भइ बग्ने मोहना नदीले दुवै देशको भूमि कटान गर्ने गरेको उल्लेख गर्दै कटान रोकथामका लागि पहल गरिने बताए ।
प्रधानमन्त्री देउवाले जनताका काम छिटोछरितो ढङ्गले गर्नुपर्नेमा भोलि भोलि भनेर टार्ने प्रवृत्ति बढ्दै गएकोमा चिन्ता ब्यक्त गरे । उनले धनगढीलाई व्यवस्थित र सुन्दर नगरका रुपमा विकास गर्न जग्गा अतिक्रमण रोकथामका साथै वनजङ्गलको संरक्षण जरुरी भएको प्रधानमन्त्री देउवाको भनाइ थियो ।