Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

महाशक्तिको खेलमा यसरी फस्दैछ नेपाल



हुन त हामी नेपालीहरु कहिल्यै घाम नअस्ताउने विश्व साम्राज्यवादको प्रत्यक्ष शोषण र दोहनमा नपरेकोमा निकै गर्व गर्ने गर्दछौं । एशिया महादेशका देशहरु प्रायः सबैमा साम्राज्यवादको प्रत्यक्ष शासनको हालिमुहाली चलेको बेलामा पनि नेपाल अरु देश जस्तो सोझै त्यसको अधिनमा नपरेको इतिहास औंल्याउने गर्दछाैं । यसमा हाम्रा पूर्खा नेपालीहरुको साम्राज्यवाद विरोधी संघर्ष र सुझबुझयुक्त निष्कर्षको कुरा एकातिर छ भने अर्कोतिर साम्राज्यवादी शक्तिहरु नेपालमा भन्दा अन्यत्र बढी उल्झिनु परेको र नेपालको शक्तिलाई अप्रत्यक्ष तरीकाले उपयोग गर्दा नै आफ्नो हित हुने स्थिति देखेका कारण पनि औपनिवेशिक अवस्थामा हामी पर्नु नपरेको यथार्थ इतिहासको विवेचना गर्दा हामी भेटाउँदछौं । तथापि, मूल कुरा हाम्रो आन्तरिक साम्राज्यवाद विरोधी रणनीति नै हो । त्यसैको फलस्वरुप विश्वमा फैलँदो साम्राज्यवादी युद्ध–हस्तक्षेपलाई रोक्न नेपालको पूर्वदेखि पश्चिमसम्म हाम्रा पूर्खाहरुले चौडण्डी गढी, सिन्धुलीगढी, मकवानपुर गढी, जीत गढी, अमरगढी आदिकिल्लाहरु बनाएर लडेको इतिहासको साक्षीकारुपमा हामी अहिले पनि देख्न पाउँदछौ र ती किल्लाहरु संरक्षित हुनु, गरिनु पर्दछ भन्ने आवाज उठाउँदछौं ।

यद्यपि, हाम्रो साम्राज्यवाद विरोधी आन्दोलनले अन्तिम निर्णायक रुप लिएको थिएन । नेपाल र उपनिवेशवादी साम्राज्यवादी शक्तिबीचको द्वन्द्व एक वा अर्कोरुपमा चलिरहेकै थियो । त्यसै क्रममा सन् १८१६ को अपमानजनक सुगौली सन्धि नेपालमाथि लादियो र नेपालको सीमा पनि खुम्चियो । त्यसपछि पनि नेपालका आन्तरिक अस्थिर राजनीतिको फाइदा उठाउदै साम्राज्यवादले नेपालमा एकतन्त्री राणा शासनको अभ्युदय गरायो । देशमा राजा भाइभारदारको कोतमा काटमार मच्चाई बीर नरसिंह कुँवरउर्फ जंगबहादुर राणाले बेलायती साम्राज्यवादको आडधाप पाएर १४ सेप्टेम्बर सन् १८४६ मा शुरु गरेको राणा शासनले १०४ वर्षसम्म एकक्षत्र शासन चलायो । यसबीचमा बृटिश साम्राज्यवाद विरोधी भारतीय जनताको विद्रोह दबाउन जंगबहादुर राणाले ६ रेजिमेण्ट पल्टन पठाएको र पछि तीन रेजिमेण्ट पल्टन लिएर आफैले पनि बृटिश साम्राज्यवादी सरकारलाई सहयोग गरी जनविद्रोह दबाए बापत सुगौली सन्धीमा बृटिश उपनिवेशवादी सरकारले लिएको नेपालको केही जमिन नयाँ मुलुक अर्थात् बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता दिएको कुरा इतिहासमा उल्लेख छ ।

नेपालको अस्तित्व र सार्वभौमिकतालाई नै अमेरिकाको अधिनस्थ गर्ने ‘माइलेयिन च्यालेञ्ज कर्पोरेश’(एमसीसी) जस्तो राष्ट्रघाती एवम् जनघाती सम्झौता संसदबाट अनुमोदन गरेर प्रत्यक्ष र परोक्षरुपमा नेपालमा अमेरिकी सेना भित्र्याउने र नेपाललाई चीन विरोधी अखडा बनाउने कदम बिल्कुलै अमान्य र अस्वीकार्य छ । किनभने विश्व शक्ति राष्ट्रहरुको टक्करमा नेपाललई फसाउने जुन खतरनाक तारतम्य अमेरिकाबाट मिलाइदैछ त्यो अत्यन्तै घातक र नेपालको हित विपरीत छ ।

यो पृष्ठभूमि आज किन उल्लेख गर्न आवश्यक सम्झिएको हो भने हिजो त्यसरी विदेशी शक्तिले हाम्रो देशको जमिन हडप्ने र हाम्रो सीमा कति हो भनेर निर्धारण गरिदिने स्थिति सिर्जना भएको थियो । उनीहरुले खुशी लागेमा जमिनको केही अंश फिर्ता बक्सिसको रुपमा दिने घटना पनि इतिहासमा घटेको छ । त्यसले गर्दा भारतबाट बृटिश शासन लखेटिदा नेपालको राणा शासनको पनि अन्त्य हुने स्थिति बनेको देखिन्छ । साम्राज्यवाद परस्त शासन हिजो होस् कि आज होस् त्यो नेपाली जनतालाई मान्य छैन र भोली पनि हुँदैन र कदापि हुनु हँुदैन भन्ने कुरा हो । यतिबेला विश्वको शक्तिशाली देश अमेरिका जसरी जोडबल गरेर नेपालमा घुस्न खोजिरहेको छ र त्यसलाई सहज बनाउन नेपालका शासक दलहरु आँखा चिम्लेर लागेका छन् त्यो पनि नेपाली जनतालाई कीमार्थ मान्य छैन र हुनु हुँदैन भन्ने कुरामा दृढ र संघर्षशील छन् ।

नेपालको अस्तित्व र सार्वभौमिकतालाई नै अमेरिकाको अधिनस्थ गर्ने ‘माइलेयिन च्यालेञ्ज कर्पोरेश’(एमसीसी) जस्तो राष्ट्रघाती एवम् जनघाती सम्झौता संसदबाट अनुमोदन गरेर प्रत्यक्ष र परोक्षरुपमा नेपालमा अमेरिकी सेना भित्र्याउने र नेपाललाई चीन विरोधी अखडा बनाउने कदम बिल्कुलै अमान्य र अस्वीकार्य छ । किनभने विश्व शक्ति राष्ट्रहरुको टक्करमा नेपाललई फसाउने जुन खतरनाक तारतम्य अमेरिकाबाट मिलाइदैछ त्यो अत्यन्तै घातक र नेपालको हित विपरीत छ । वास्तवमा एमसीसी जस्तो सुगौली सन्धि पछिको अर्को अपमानजनक सम्झौता जुन भएको छ त्यो अनुदान दिने नाममा अमेरिकी सैनिक गुटबन्दीमा नेपाललाई फसाउने र नेपालको परराष्ट्र नीतिलाई नै क्षतविक्षत तुल्याउने र अन्ततः अमेरिकी गुटमा सिधै सामेल गर्ने कुरा नै भन्ने देखिन्छ ।

यो एमसीसी सम्झौता अनुमोदन पछि पनि अमेरिकाले जुन ठूलो सहायता रकम राशी नेपाललाई दिएको कुरा प्रकाशमा आएको हो, त्यो एमसीसी गरेर गर्न दिने भनिएको अनुदान रकमभन्दा बढी छ । त्यसका लागि संसदबाट कुनै अनुमोदनको आवश्यकता परेन । त्यसले पनि अनुदान दिन संसदले अनुमोदन गर्नु पर्ने एमसीसी सम्झौता अनुमोदनको निहीत र खतरनाक उद्देश्य रहेछ भन्ने कुरा थप प्रष्ट भएको छ । त्यो सम्झौता अनुमोदन पछि नेपालमा अमेरिकी गैरसैन्य तथा सैन्य अधिकारीहरुको आगमन जसरी बढ्दै छ त्यसले पनि थप सन्देह गाढा भएकै छ । अझ त्यसमा पनि पछिल्लो पटक प्यासिफिक कमाण्डका सैनिक जनरलको आगमन र त्यसै बेला नेपालसँग अमेरिकाले अर्को एउटा एसपीपी (स्टेट पार्टनर्सीप प्रोग्राम) सैनिक सम्झौता पनि गर्ने खतरनाक प्रस्ताव अघि सारेको छ र हस्ताक्षर गर्न दबाब दिइरहेको कुरा प्रकाशमा आएको छ । यो दबाबको कुरा पहिलादेखि नै भित्रभित्र अमेरिकाले दिइरहेको थियो । त्यसैका कारणले विगतमा कतिपय रक्षामन्त्रीहरु समेतले राजीनामा दिनु परेको कुरा पनि घुइरो घुइरो सुन्नमा आएको हो । एमसीसी सम्झौताको अनुमोदनपछि भने यो दबाब कार्यक्रम र योजनासहित योजनाबद्ध किसिमले आएको देखिन्छ । उत्तरी क्षेत्रका २१ स्थानहरुमा सैनिक पोष्टहरु राख्ने, युद्ध अभ्यासका गतिविधिहरु पनि उत्तरी क्षेत्रमै गर्ने र आपत विपद्का उद्धार कार्य पनि प्रायः त्यतैतिर गर्ने गरी यो बाहिर हेर्दा साधारण जस्तो लाग्ने भयानक प्रस्ताव आएको छ । यस बारेमा सरकार र सेनाले निकै ठूलो दबाब झेलिरहेको प्रतीत हुन्छ ।

यस्तो स्थितिमा प्रधानमन्त्री र प्रधान सेनापतिको अर्को साताको प्रस्तावित अमेरिका भ्रमणका बारेमा पनि प्रश्न उठिरहेको छ । हाम्रो परराष्ट्र नीति, भू–राजनीतिक संवेदनशील अवस्थिति र भू–रणनीतिक स्थिति एवम् हामीले आजसम्म दशकौंदेखि अबलम्बन गर्दै आएको असंलग्न परराष्ट्र नीति, पञ्चशील तथा संयुक्त राष्ट्र संघको बडापत्रको विपरीत जान नेपालले कदापि सक्ने छैन र जान पनि हुँदैन । तर यी सबै कुरा खल्बल्याउन अमेरिका कम्मर कसेर उद्यत रहेको देखिन्छ । चीनसँगको कथित विश्व प्रतिस्पर्धाका लागि अमेरिका नेपाललाई किन आधार बनाउन चाहन्छ ? यो गम्भीरतम् प्रश्न उठिरहेको छ । आफ्नो संकीर्ण र निहीत स्वार्थका लागि अरु देशको सार्वभौमिक अखण्डता, स्वाधीनता र स्वाभिमानलाई सरासर कुल्चिन पनि पछि नपर्ने अमेरिकी विश्व नीतिले नेपालको अपमान मात्रै गर्दैन यसको अस्तित्व नै अत्यन्तै ठूलो संकटमा पार्ने छ । नेपाली स्वाधिनता, स्वतन्त्रता, नागरिक अधिकार तथा जनतन्त्र एवम् जनजीबिका नै खतरामा पारेर अमेरिकाको पछाडि लाग्ने जुन अस्वीकार्य र अमान्य संदिग्ध चरित्र नेपालका सत्तामा बसिरहेका र बसिसकेका राजनीतिक दलहरुमा बेला बेलामा देखिन्छ त्यो अत्यन्तै आत्मघाती र स्वाभीमानी कुनै पनि नेपालीका लागि अत्यन्तै अपाच्य छ र हुन्छ ।

नेपालको रणनीतिक भू–अवस्थिति जुन ठाउँमा छ दुइटा महादेश जत्रै छिमेकी देशको बीचमा त्यसले अमेरिकाका नेपालमा हुने गरिने गतिविधिहरु केवल नेपालमा हुने गतिविधि मात्र ती छिमेकीहरुले मान्ने कुरा हुँदैन र मान्ने कुरा पनि होइन । उनीहरुको सुुरक्षा चासो निकै ठूलो चिन्ताको विषय बन्छ नै । त्यसकारण पनि नेपाललाई कतै यूक्रेन बनाइन थालेको त होइन भन्ने प्रश्न पनि उठेको हो ।

यस परिप्रेक्षमा अहिले यो एसपीपी सम्झौताको प्रश्न सडक सदन सर्वत्र छाएको छ । अनि सम्बन्धित मन्त्री र मन्त्रालयले जे जस्तो जवाफ यस सम्बन्धमा दिए पनि अमेरिकी अधिकारीहरुले सन् २०१५ देखि नै यो कुरा अघि बढाएको र २०१७ र २०१९ हुँदै अहिले २०२२ मा एमसीसी सम्झौतालाई संसदले अनुमोदन गरे पछि अझ जोडबलका साथ यो कुरा आएकाले यसका बारेमा सर्वत्र गम्भीर चासो र चिन्ता बढेको हो । यसो हुनु स्वाभाविक नै हो । त्यसमा पनि नेपालको रणनीतिक भू–अवस्थिति जुन ठाउँमा छ दुइटा महादेश जत्रै छिमेकी देशको बीचमा त्यसले अमेरिकाका नेपालमा हुने गरिने गतिविधिहरु केवल नेपालमा हुने गतिविधि मात्र ती छिमेकीहरुले मान्ने कुरा हुँदैन र मान्ने कुरा पनि होइन । उनीहरुको सुुरक्षा चासो निकै ठूलो चिन्ताको विषय बन्छ नै । त्यसकारण पनि नेपाललाई कतै यूक्रेन बनाइन थालेको त होइन भन्ने प्रश्न पनि उठेको हो ।

यस्तो अवस्थामा आजको २१औं शताब्दीको तेस्रो दशकको मध्यतिर विश्व पुग्दै गर्दा दुई वटा उदाउँदा एशियाली राष्ट्रहरु चीन र भारतको बीचमा रहेको नेपालमा विश्वको सबैभन्दा शक्तिशाली अमेरिका घुस्न आउने प्रयत्न गर्दछ भने त्यसलाई न नेपालले सामान्यरुपमा लिन मिल्छ न त नेपालका दुई छिमेकी देशहरुले । त्यसैले समस्या चर्को छ र स्वाभिमानी सम्पूर्ण नेपालीहरुले आज पहिले कहिल्यैभन्दा बढी सुझबुझपूर्ण ढंगले एकताबद्ध भएर आफु र आफ्नो देशलाई जोगाउन र अघि बढाउन खडा हुनै पर्दछ । नत्र हामी एक वा अर्कोरुपमा साम्राज्यवादी नव दोहनमा पर्ने बाहेक अरु केही हुँदैन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा