back

काठमाडौंका दुईजनामा हैजाका जिवाणु पुष्टि, सावधानी अपनाउन अनुरोध

वि.सं.२०७९ असार ६ सोमवार

228 

shares
NTC AD
Global IME AD

काठमाडौं । काठमाडौंमा दुई जनामा हैजाका जिवाणु भेटिएको पुष्टि भएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएका बागबजार वडा नम्बर २८ का १८ र २३ वर्षीय दुईजनामा हैजाका जिवाणु भेटिएको हो ।

झाडा पखाला भएपछि अस्पताल भर्ना भएका उनीहरुको नमूना परीक्षणबाट हैजा पुष्टि भएपछि हाल उनीहरुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेको छ ।

‘हैजाका दुबै बिरामी एकै परिवारका सदस्य रहेको जानकारी प्राप्त भएको छ। उनीहरुको हाल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेको छ।’ मन्त्रालयका सह प्रवक्ता डा.समिरकुमार अधिकारीले जारी गरिको प्रेस विज्ञप्तिमा भनिएको छ ।
वर्षायाममा विशेष गरेर झाडापखालाका, हैजा तथा पानीजन्य रोगहरु प्mैलने हुँदा सम्पूर्ण सरोकारवालाहरु सजग र सतर्क रहन मन्त्रालयले अनुरोध गरेको छ ।

‘यी रोगहरुको समयमा सावधानी नपअपनाउनाले र समयमा निदान तथा उपचारको व्यवस्था गर्न नसक्नाले महामारीको रुप लिन सक्छ,’ मन्त्रालयद्धारा जारी सूचनामा भनिएको छ, ‘तर्सथ यसबाट सुरक्षित हुनका लागि पानीलाई उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र प्रयोग गर्न र गराउन व्यक्तिगत सरसफाई (विशेष गरेर हातको सफाई) तथा खानेकुराको सरसफाईलाई विशेष ध्यान पुर्याउन अनुरोध गर्दछौं ।’

वि.सं.२०७९ असार ६ सोमवार ०९:२१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
काठमाडौं महानगरले तोक्यो राप्रपालाई ५ हजार बढी जरिवाना

काठमाडौं महानगरले तोक्यो राप्रपालाई ५ हजार बढी जरिवाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई ५...

एमाले प्रतिनिधि परिषद् बैठकको तयारी पूरा

एमाले प्रतिनिधि परिषद् बैठकको तयारी पूरा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को...

प्रतिपक्षीको बहिष्कारपछि गण्डकी प्रदेशसभाको बैठक स्थगन

प्रतिपक्षीको बहिष्कारपछि गण्डकी प्रदेशसभाको बैठक स्थगन

कास्की । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बहिष्कार गरेपछि गण्डकी प्रदेशसभाको...

पात–पतिङ्गर जलाउने क्रममा सल्किएको आगोले लियो महिलाको ज्यान

पात–पतिङ्गर जलाउने क्रममा सल्किएको आगोले लियो महिलाको ज्यान

गल्याङ (स्याङजा) । स्याङ्जाको बिरुवा गाउँपालिका–७, कुमेरदुङ बस्ने ७४ वर्षीय...

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

फिक्कल (इलाम) । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको...

प्रधानमन्त्री प्रचण्डसमक्ष माडीवासीको गुनासो, ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’

प्रधानमन्त्री प्रचण्डसमक्ष माडीवासीको गुनासो, ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’

काठमाडौँ । माडी नगरपालिकाको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई...