Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

रिलायन्स लाइफ इन्स्योरेन्सको “मेरो सुनिश्चित प्रतिफल बीमा योजना” सार्वजनिक



काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले ग्यारेन्टेड रिटर्न सहितको “मेरो सुनिश्चित प्रतिफल बीमा योजना” सार्वजनिक गरेको छ । कम्पनीले काठमाडौंमा आज एक कार्यक्रम आयोजनागरी सो योजना सार्वजनिक गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले उक्त योजना आजकै दिनदेखि प्रचलनमा ल्याएको बताएका छन् । उनले कम्पनीको पहिलो उदेश्य उत्कृष्ट योजना र सेवा प्रदान गर्ने भएको बताउँदै सोही अनुरुप “मेरो सुनिश्चित प्रतिफल बीमा योजना” नेपाली जीवन बीमा बजारमा अहिले सम्मकै गुणस्तरीय र उत्कृष्ट प्रडक्ट भएको बताए । प्रमुख कार्यकारी अधिकृत पोखरेलले कम्पनीले आफ्ना ग्राहकहरुको निम्ती प्रतिस्पर्धी शुल्कमा नयाँ योजनाहरु, गुणस्तरिय सेवा, समसामयिक सेवा प्रक्रिया र झन्झटमुक्त दावी भुक्तानी प्रदान गर्न सधै तत्पर रहेको बताए ।

त्यसैगरी, कम्पनीका अध्यक्ष तारा चन्द केडियाले कम्पनीले नियामक निकाय बीमा समितिको निति नियम निर्देशन तथा सुझाबहरुलाई सहज रुपमा गर्दै सम्पुर्ण बीमा क्षेत्रलाई अगाडी बढाएको बताए ।

No description available.

उक्त बीमा योजना १६ वर्ष अवधिको बीमालेखमा आधारभुत बीमाशुल्कको २ गुणा र २० वर्षमा बीमालेखमा आधारभुत बीमाशुल्कको २.५ गुणा प्रतिफल ग्यारेण्टीका साथ पाइने बताइएको छ । यस बीमालेखमा अतिरिक्त सुविधाहरु लिन चाहने बीमितले अतिरिक्त शुल्क भुक्तानी गरइ अतिरिक्त पुकर करार सुविधाहरु समेत लिन सक्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

यस बीमा योजनामा सहभागी हुनको लागि न्युनतम बीमा शुल्क रु २५००० रहेको छ भने अधिकतम बीमा शुल्क रकम भुक्तानी क्षमतामा निर्भर रहने कार्यक्रममा जानकारी दिइएको छ । साथै, न्युनतम र अधिकतम बीमाङ्क रकम भने बीमा शुल्कको आधारमा तय हुने बताइएको छ । यस बीमा योजनामा १६ वर्षदेखि ४४ वर्ष उमेरसम्मको व्यक्तिले लिन सक्ने कम्पनीले जनाएको छ । यस बीमा समाप्ति उमेर ६० वर्ष हुने बताइएको छ ।

यस योजनाको कर्जा सुविधाअन्तर्गत बिमितले यस बीमा योजनामा सहभागी भएको ३ वर्ष अवधि पुरा भइ ३ वर्षको बीमा शुल्क तिरी सकेपछि सो बीमालेख धितो राखी सर्मपण मुल्यको ९० प्रतिशतसम्म ऋण लिन सक्ने कम्पनीले जनाएको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा