Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र स्टीम सेन्टरबिच सेवामा छुट सम्बन्धी सम्झौता



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनी र स्टीम सेन्टर प्रा.लि. बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । कम्पनी र स्टीमबीच कम्पनीको कर्मचारी तथा ग्राहकहरुलाई स्टीम सेन्टर बत्तीसपुतली, काठमाण्डौँमा प्राप्त हुने सेवाहरुमा १५ प्रतिशतसम्म छुट पाउने सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेश भक्त बादे श्रेष्ठ र स्टीम सेन्टरका अध्यक्ष डा.बजरङ्ग कुमार रौनियारले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात कम्पनीका कर्मचारी तथा ग्राहकहरुले स्टीम सेन्टरले उपलब्ध गराउने सेवाहरु जस्तैः प्याथोली टेस्ट, रेडीयोलोजी टेस्ट, फार्मेसी, डेण्टल्टी अफ फ्थल्मोलोजिकल प्रोडक्टस्मा १५% सम्म छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
सोही अवसरमा स्टीम सेन्टरबाट प्राप्त हुने १८९ भन्दा बढी र रेडीयोलोजीको ८१ भन्दा बढी डेण्टलको ३७ भन्दा बढी टेस्टलगायत अन्य सेवाहरु समेतमा १५% सम्मको छुट प्राप्त हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सो सुविधाबाट कम्पनीका सम्पूर्ण ग्राहकहरुले आवश्यकताअनुसारका सेवा प्राप्त गर्न सक्ने छ ।

सोही अवसरमा कम्पनीका प्रमुखकार्यकारी अधिकृत श्रेष्ठले स्टीम सेन्टरसँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकहरुलाई आवश्यक पर्ने निर्जीवनबीमा सम्बन्धी सम्पूर्ण सेवाहरु कम्पनीबाट सहज रुपमा प्राप्त गर्न सक्ने जानकारी दिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

काठमाडाैं । राष्ट्रपति बिद्यादेवी भण्डारीले आज बिहान ११ बजे सपथ खुवाउने पाँच मन्त्री मध्ये

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा