Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

भलिबल सङ्घ तनहुँको अध्यक्षमा सुनार



दमौली । भलिबल सङ्घ तनहुँको अध्यक्ष पदमा पदम सुनार चयन भएका छन् । सङ्घको तेस्रो अधिवेशनबाट उनी पुनः सो पदमा चयन भएका हुन । सङ्घको उपाध्यक्षमा रमेशकुमार श्रेष्ठ, लक्ष्मण गुरुङ, महासचिवमा अशोक गिरी, कोषाध्यक्षमा विमल राना र सदस्यमा चक्र कुँवर, राजु राई, तुलबहादुर थापा, तिलबहादुर थापा, किसान थापा, लक्ष्मी कुमाल, मदन थापा, शम्सेर लम्साल चयन भएका छन् । प्रदेश प्रतिनिधिमा टुकबहादुर गुरुङ र गोपाल थापा चयन भएका छन् ।

अधिवेशनमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले भलिबलले तनहुँलाई देशभर चिनाउन सफल भएको बताए । कार्यक्रममा समितिका निवर्तमान अध्यक्ष ऋषिराम भुसाल, भलिबल सङ्घका केन्द्रीय सचिव डिबी नेपाली, केन्द्रीय सदस्य राजकुमार श्रेष्ठ, पश्चिमाञ्चल भलिबल सङ्घका उपाध्यक्ष नवीन गुरुङलगायतले भलिबलको विकासका लागि सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

काठमाडाैं । राष्ट्रपति बिद्यादेवी भण्डारीले आज बिहान ११ बजे सपथ खुवाउने पाँच मन्त्री मध्ये

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा