
भिबोर सोसाइटी डेभलपमेन्ट बैंकले चितवनको देवघाटमा रहेको बज्रयोगिनी माध्यमिक बिद्यालयमा यहि चैत्र ४ गते शुक्रबार वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।
उक्त कार्यक्रमबाट सो बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरु, शिक्षकहरु, अभिभावकहरु तथा त्यस भेगका बासिन्दाहरुले बैंकले गर्ने कार्य तथा प्रदान गरिने सेवा सुबिधाहरुबारे जानकारी प्राप्त गरि लाभान्वित भएका छन् । सोही कार्यक्रममा बैंकले उक्त बिद्यालयलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १० थान कम्प्युटर सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।
उक्त कार्यक्रमका प्रमुख अतिथी एवँ भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लि. संचालक समितिका अध्यक्ष सुशिल राज पराजुलीले उक्त कम्प्युटरहरु बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकलाई हस्तान्तरण गर्दै यस प्रकारका सहयोगबाट उक्त बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको शैक्षिक विकासमा थप टेवा पुग्ने बिश्वास गरिएको बताउनुभयो ।
बैंकले विगतमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न बिद्यालय एवँ असहाय बालबालिकाका लागि सरसहयोग प्रदान गर्दै आईरहेकोमा यस क्रमलाई भविष्यमा पनि निरन्तरता दिईने जानकारी गराउनुभयो ।
सोही अवसरमा पद्य जगत स्मृति प्रतिष्ठानका तर्फबाट ती बिद्यालयका बिद्यार्थीहरुको अतिरिक्त क्रियाकलापका लागि फुटवल, चेस, भलिवल, बास्केटवल लगायतका खेलकुदका सामग्रीहरु समेत हस्तान्तरण गरिएको छ ।