Logo
२५ श्रावण २०७९, बुधबार
     Wed Aug 10 2022
E-paper
  English Edition
   Unicode
Logo

सिस्नेरी सडकखण्डमा पुनः यातायात सञ्चालन



मकवानपुर । पहिरोका कारण अवरुद्ध सिस्नेरी सडकखण्डमा आजदेखि पुनः यातायात सञ्चालनमा आएको छ ।

पहिरोका कारण केही दिनदेखि अवरुद्ध हेटौँडा–भीमफेदी हुँदै काठमाडौँ जोड्ने छोटो मार्गको सिस्नेरी खण्डमा यातायात पुनः सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा श्रेष्ठले जानकारी दिइन् । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङमा गत मङ्गलबार वर्षासँगै आएको पहिरोका कारण सडक अवरुद्ध भएको थियो ।

हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने छोटो मार्गअन्तर्गत पर्ने उक्त खण्डमा वर्षासँगै पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ । यस्तै, सङ्घीय राजधानी काठमाडौँ जोड्ने कान्तिराप सडकखण्ड, त्रिभुवन राजपथ र मुग्लिन सडकखण्डमा यातायात सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुले जनाएको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । स्थानीय निर्वाचनमा जस्तै प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि एमाले एक्लो हुने भएको

काठमाडौं । बझाङको बुङगल नगरपालिका ९ रारुमा एकै परिवारका तीन आमाछोरा र छोरी झुण्डिएको

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि लिइने परीक्षामा ७० अंक ल्याए पास

काठमाडौं । काठमाडौंको मुटु मानिने थापाथलीमा रहेको नर्भिक अस्पतालले एक रोपनी ८ आना १