Logo
१ भाद्र २०७९, बुधबार
     Wed Aug 17 2022
E-paper
  English Edition
   Unicode
Logo

निजामती कर्मचारीलाई निर्वाचन अधिकृतका रुपमा नखटाउन आदेश



९ चैत, काठमाडौँ । उच्च अदालत ललितपुरले निर्वाचन आयोगलाई स्थानीय तहको निर्वाचनमा निर्वाचन अधिकृतका लागि निजामतीका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत कर्मचारी खटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

अदालतका न्यायाधीश बलभद्र बास्तोलाको एकल इजलासले निजामती सेवाका अधिकृतस्तरका कर्मचारी खटाउने निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न आयोगलाई आज अन्तरिम आदेश दिएको अदालतका प्रवक्ता नारायण पन्थीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आयोगले कानुनी व्यवस्थाअनुसार न्यायसेवा कर्मचारीलाई निर्वाचन अधिकृतमा नखटाएर निजामती सेवाका अधिकृत खटाउने निर्णय गरेपछि उक्त निर्णय कार्यान्वयन हुनबाट रोक्न अन्तरिम आदेश दिइएको हो ।

बिहीबार निर्वाचन आयोगलाई छलफलका लागि अदालत बोलाइएको छ । मङ्गलबार वीरेन्द्र बस्नेतले उत्प्रेरणा परमादेशमार्फत आयोगको निर्णय कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश माग गर्दै अदालतमा रिट दायर गर्नुभएको थियो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खोटाङ । जनता समाजवादी पार्टी खोटाङका अध्यक्ष टंकबहादुर थापासहित १३ जना नेकपा माओवादी केन्द्र

काठमाडौं । नबिल बैंकले नेपालमा पहिलोपटक आफ्ना क्यू आर मर्चेन्टलाई फोनलोनको सुविधा शुभारम्भ गरेको

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको