
काठमाडौं । सरकारले पेट्रोल र डिजेलको नयाँ मूल्य निधारण गरेको छ । सरकारले पेट्रोको मुल्य १७९ रुपैयाँ र डिजेलको १६४ रुपैयाँ नयाँ मूल्य कायम गरेको हो ।
शनिबार आकस्मिक पत्रकार सम्मेलन गर्दै उद्योग बाणिज्य तथा आपूूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले सरकारले पेट्रोलको २० र डिजेलको २८ रुपैयाँ मुल्य घटाउने गरेको निर्णय मध्यराती १२ बजेदेखि लागु हुने जानकारी दिए । उनका अनुसार सरकारले पेट्रोलियम पदार्थमा लागु गर्दै आएको कर कटौती गरेर सवसाधारणलाई राहत दिएको हो ।
आज बिहान बसेको सत्ता गठबन्धनको बैठकले कर कटौती गरेर े पेट्रोलियम पदार्थ मुल्य घटाउने निर्णय गरेको बताइएको छ ।