Logo
३१ श्रावण २०७९, मंगलवार
     Tue Aug 16 2022
E-paper
  English Edition
   Unicode
Logo

दसवटै स्थानीय तहले ल्याए बजेट



बागलुङ । बागलुङका दसवटै स्थानीय तहले आव ०७९/०८० को बजेट तथा कार्यक्रम सार्वजनिक गरेका छन् । बरेङ गाउँपालिकाले सोमबार, जैमिनी नगरपालिका, ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिकाले बिहीबार र अरु पालिकाले शुक्रबार बजेट प्रस्तुत गरेका हुन् ।

स्थानीय सरकार सञ्चालन ऐनले असार १० भित्रै स्थानीय तहले नीति, कार्यक्रम र बजेट ल्याउनुपर्ने सयमसीमा तोकिदिएको छ । बजेटको प्राथमिकतामा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालनलगायत छन् ।

कतिपय पालिकाले उद्यमशीलताको विकास, उत्पादन र रोजगारी सिर्जनातिर बढी जोड दिएका छन् । अधिकांशले पुरानै योजनालाई निरन्तरता दिइएपनि केही नवीन र सिर्जनात्मक कार्यक्रमलाई पनि बजेटमा समावेश गरिएको छ । सबैभन्दा ठूलो बजेट बागलुङ नगरपालिकाको छ । उपप्रमुख राजु खड्काले रु. १ अर्ब ३१ करोड ११ लाख ७९ हजार रुपैयाँको बजेट शुक्रबार नगरसभामा प्रस्तुत गरेका हन् । बागलुङले गत आवको भन्दा २५ करोड बढीको बजेट ल्याएको छ । गत आवमा रु. १ अर्ब ५ करोडको बजेट प्रस्तुत गरिएको थियो ।

आगामी आवमा चालुतर्फ रु. ८४ करोड ५२ लाख, पूँजीगततर्फ रु. ४५ करोड ३७ लाख र वित्तिय व्यस्थातर्फ रु. १ करोड २२ लाख विनियोजन गरिएको छ । उद्यमशीलता प्रवद्र्धन र श्रम बैंक स्थापनाका लागि रु. ४१ लाख बजेट छुट्टाइएको छ । कृषिलाई रु. ५२ लाख २५ हजार र पशुपालनमा रु. २१ लाख ५० हजार विनियोजन गरिएको छ । सबैभन्दा बढी पूर्वाधारतर्फ रु. १६ करोड ३८ लाख बजेट छुट्टाइएको छ । बजेटको ठूलो हिस्सा शिक्षा र स्वास्थ्य क्षेत्रले पनि ओगटेको छ । शिक्षा क्षेत्रका लागि रु. २ करोड ६७ लाख ७२ हजार र स्वास्थ्यतर्फ रु. २ करोड ११ लाख ६८ हजार बजेट छ ।

यस्तै गलकोट नगरपालिकाले रु. ६८ करोड ७५ लाख ३९ हजारको बजेट सार्वजनिक गरेको छ । गलकोटले कृषि, बागबानी र पशुपंक्षी विकासलाई प्राथमिकता दिएको छ । जस्मा रु. २ करोड ३० लाख ५० बजेट विनियोजन गरिएको छ । पूर्वाधार विकासमा रु. ७ करोड ६६ लाख, आर्थिक विकासतर्फ रु.२ करोड ४९ लाख, सामाजिक विकासमा रु. ४ करोड ८२ लाख ३९ हजार बजेट छुट्टाइएको नगरउपप्रमुख फमलाल निउरेले जानकारी दिए । गलकोटले स्थानीय उत्पादनको बजारीकरणदेखि ज्येष्ठ नागरिकलाई चाडपर्व भत्ता दिनेसम्मका कार्यक्रम ल्याएको छ ।

काठेखोला गाउँपालिकाले रु. ५४ करोड ९१ लाख २३ हजार रुपैयाँको बजेट तथा कार्यक्रम शुक्रबार गाउँसभामा प्रस्तुत गरेको छ । उक्त गाउँपालिकाले सामाजिक विकासतर्फ रु. २ करोड २६ लाख ५० हजार, आर्थिक विकासमा रु. १ करोड ६८ लाख र पूर्वाधारतर्फ रु. ५७ लाख बजेट विनियोजन गरेको छ । कृषि तथा पशुपालनका लागि रु. ७२ लाख छुट्याइएको छ भने शिक्षा र स्वास्थ्यलाई पनि प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापाले उल्लेख गरे ।

बरेङ गाउँपालिकाको बजेट रु. ४० करोड ३३ लाख ५६ हजारको छ ।
उक्त गाउँपालिकाले पनि कृषि र पशुपालनमा बढी जोड दिएको देखिन्छ । ‘बरेङमा समृद्धि, कृषिमा लगानी’ कार्यक्रमका लागि रु. ६३ लाख ५५ हजार बजेट विनियोजन गरिएको छ भने पशुपालनतर्फ रु. ६९ लाख बजेट छ । अभिभावकविहीन बालबालिकालाई माध्यमिक तहसम्म निःशुल्क पढाउन अलग्गै कोषसमेत स्थपाना गरिएको गाउँपालिकाले जनाएको छ ।

ताराखोला गाउँपालिकाले रु ३६ करोड ६६ लाख ९२ हजारको बजेट ल्याएको छ । उक्त गाउँपालिकाले पनि कृषि र पशुपंक्षीको उत्पादनमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित बजेट बजेट ल्याएको हो । गाउँपालिकाका उपाध्यक्ष भिमबहादुर रोकाका अनुसार कृषि विकासतर्फ रु. १ करोड ५६ लाख २५ हजार बजेट विनियोजन गरिएको छ ।यस्तै पशुपंक्षीमा रु. १ करोड १९ लाख ६० हजार बजेट छुट्टाइएको छ । दुग्ध सङ्कलन केन्द्र स्थापना, दुग्धजन्य पदार्थको उत्पादन, भण्डारण, विविधिकरण र बजारीकरणका लागि रु. ८० लाख बजेट छुट्याइएको छ । व्यावसायिक कृषितर्फ किसानलाई आकर्षण गर्न आर्थिक सहायताका साथै कृषि बीमामा अनुदान दिइने गाउँपालिकाले जनाएको छ ।

बाँझो जग्गालाई भाडामा लिई खेती गर्ने किसानलाई प्रतिरोपनी वार्षिक रु. २ हजारका दरले प्रोत्साहन रकम प्रदान गरिने भएको छ । कृषि औजार, उपकरण र प्रविधि हस्तान्तराणमा पनि ताराखोलाले जोड दिएको छ । कृषि उपजको सङ्कलन केन्द्र स्थापना र बजारीकरणका लागि रु. ९० लाख बजेट विनियोजन गरिएको छ । ताराखोलाले सामाजिक विकासमा रु. २ करोड ३६ लाख ३२ हजार, पूर्वाधारतर्फ रु. ५ करोड १२ लाख २० हजार र आर्थिक विकासतर्फ रु. ३ करोड ९२ लाख ५० हजार बजेट विनीयोजन गरेको छ ।

तमानखोला गाउँपालिकाले रु. ३१ करोडको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । बजेट शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्यमशीलता विकास र रोजगारी सिर्जनामा केन्द्रित छ । ढोरपाटन नगरपालिकाले रु. ५१ करोड ४० लाख र जैमिनी नगरपालिकाले रु. ७० करोड ७३ लाख ७३ हजारको बजेट प्रस्तुत गरेको छ । निसीखोला गाउँपालिकाले रु. ४९ करोड ५२ को बजेट ल्याएको छ ।
उक्त गाउँपालिकाले निःशुल्क स्वास्थ्य बीमा, एम्बुलेन्स सेवा सञ्चालनजस्ता स्वास्थ्य सेवाको सुधारका साथै पूर्वाधार, कृषि र पर्यटनमा पनि प्राथमिकता दिइएको छ ।

बडिगाड गाउँपालिकाले रु. ६७ करोड ६७ लाख ४९ हजारको बजेट सार्वजनिक गरेको छ । चालुतर्फ रु. ४४ करोड ४८ लाख र पुँजीगततर्फ रु. २३ करोड १९ लाख बजेट विनियोजन गरिएको हो । गाउँपालिकाले खरका छाना हटाउन रु. १ करोड बजेट छुट्टाएको छ । खानेपानी आयोजनाका लागि रु. २ करोड ८५ लाख ५७ हजार छुट्याएको छ । सडक पूर्वाधार, शिक्षा, कृषि, पर्यटन, फोहोरमैला व्यवस्थापनलगायत क्षेत्र बजेट तथा कार्यक्रममा समेटिएका छन् । कानुनद्वारा तोकिएको सयमसीमाभित्र नीति, कार्यक्रम र बजेट ल्याएका स्थानीय तहले गाउँ÷नगरसभामा आवश्यक छलफलपछि असार २५ भित्र बजेट पारित गर्ने भएका छन्


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सरकारले कर्मचारीदेखि शिक्षकसम्मको नयाँ तलबमान लागु गर्ने निर्णय गरेको छ । साउन

काठमाडौं । नेपाली बजारमा सुनको भाउ निरन्तर उतार–चढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)सँगै मिलेर चुनाव लड्ने निर्णय गरेसँगै नेपाल समाजवादी पार्टीका नेता