
अमेरिका । विश्वभरका नेपालीहरुलाई जोड्ने महान अभियानमा लागेको जाति, धर्म तथा राजनीतिवाट माथि रहेर काम गर्दै आएको हामी नेपाली ग्लोबलको क्यालिफोर्निया च्याप्टर गठन भएको छ ।
क्यालिफोर्नियामा आयोजित एक भेलाले मदन पाण्डेको नेतृत्वमा सर्वसम्मत कार्यसमितिको चयन गरेको हो ।
जसमा च्याप्टरको प्रथम उपाध्यक्षमा मुना प्याकुरेल, द्वितीय उपाध्यक्ष अर्जुन पौडेल, तृतीया उपाध्यक्ष मदन तमाङ, महासचिवमा नवा तिवारी, सचिव गणेश भट्टराई, कोषाध्यक्ष रोशन अधिकारी, सह–कोषाध्यक्ष तुला राम बजगाईँ, महिला संयोजकमा ममता बुढाथोकी, युवा संयोजक बाविन थापा, संस्कृति र मनोरञ्जन संयोजकमा कृष्णा बुढाथोकी र सजन बोहोरा चयन भएका छन् ।
त्यस्तै संस्थाको प्रमुख कार्यकारी अधिकृतमा रोशन अधिकारी तथा जनसंपर्क अधिकृतमा हेम बहादुर ठकुला र जोसेफ घले चयन भएका छन् भने सदस्यहरुमा बिकास ठकुरी, राम कृष्णा भट्टराई, हर्क भण्डारी, इन्दिरा कार्की, राधा आचार्य, बिजय चौधरी, प्रकाश बिस्ट, नवराज मुड़वरी, नीरकाजी गुरुङ, अंङ छिरिंङ शेर्पा, महेश राना मगर, ऋषि ढकाल र किशोर बिष्ट रहेका छन् ।
कार्यक्रममा नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामाले संस्था स्थापना गर्नुको आवश्यकता तथा औचित्यमाथि प्रकाश पारेका थिए भने समाजका उपाध्यक्ष टेक लामा, एनआरएनए क्यालिफोर्निया आर सी श्रीराम थापा, एन आर एनए अभियन्ता बिजय कुमार चौधरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
हामी नेपाली ग्लोबलका स्पोर्ट डाइरेक्टर मोहन वाइवाले निकट भविष्यमा खेलकुद अभियानलाई अगाडि बढाउने बताउँदै सकेको सहयोग गर्न सबैमा अपिल गरेका थिए ।
त्यस्तै समाजका निवर्तमान आरसीसी रोशन अधिकारीले क्यालिफोर्निया मात्र नभएर अन्य राज्यमा पनि च्याप्टर छिटै विस्तार गठन गरेर संस्थालाई बलियो बनाउनुपर्ने बताए । तामाङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष छेवाङ लामाको समेत उपस्थिति थियो ।
एनआरएनका सक्रिय क्यालिफोर्निया च्याप्टरको युवा जोसेफ घलेले पूर्ण समाज निर्माणको लागि समर्थन र सहयोग गर्नेहरुलाई संस्थाले हिरो अवार्डवाट पुरस्कृत गर्ने गरेको खुलासा गरे । कार्यक्रम रोशन अधिकारीले संचालन गरेका थिए ।