
काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले आफू आफूले पार्टीबाट राजिनामा दिएपनि राजनीतिमै रहेको बताएका छन् ।
स्थानीय निर्वाचनमा पार्टीको निराशाजनक नतिजा आएपछि पार्टी नेतृत्वबाट राजिनामा दिएको बताउँदै उनले देशको दूरगामी हित र दशकौँदेखि जसको नाममा राजनीति गरियो उनीहरुलाई राजनीतिले कहिल्यै स्पर्श नगरेको र उनीहरुको जीवनको रूपान्तरणमा आफू कहिल्यै पनि विचलित नहुने बताएका छन् ।
‘कसरी त्यो संभव होला भन्ने मन्थन मैँ छु । मन्थनबाट निस्किएको निष्कर्ष लिएर उपस्थित हुने नै छु,’ सबैको साथ पाए निश्चय पनि लक्ष्यमा पुग्न सहज हुनेछ । अन्यथा, मिश्रले भनेका छन्, ‘यो देशको लागि जे गर्दा राम्रो हुन्छ भन्ने लाग्छ, त्यसबारे विश्वास दिलाउन प्रयास गरि नै रहनेछु ।’