Logo
३१ श्रावण २०७९, मंगलवार
     Tue Aug 16 2022
E-paper
  English Edition
   Unicode
Logo

मन्त्रीहरुको राजीनामा पत्र गोजीमा बोकेर हिँडिरहेको छु–माधव कुमार नेपाल



काठमाडौं । नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले आफ्ना मन्त्रीहरुले दिएको राजीनामाको पत्र गोजीमा बोकेर हिँडीरहेको बताएका छन् ।

अखिल नेपाल महिला संघ (समाजवादी) को केन्द्रिय समितिको तेस्रो पूर्ण बैठकलाई आइतबार सम्बोधन गर्दै अध्यक्ष नेपालले आफु्ले कुनैबेला पनि मन्त्रीहरुको राजीनामा पत्र मिडिया समक्ष ल्याउने बताए ।

‘केही मन्त्रीहरुले राजीनामा पत्र मलाई दिनुभएको छ । पार्टीले जुनबेला बाहिर ल्याउने हो ल्याइदिओस् भन्नु भएको छ । त्यो म गोजीमा लिएर हिँडिरहेको छु् । कुनैबेला पनि त्यो पत्र बाहिर प्रेसमा पठाएर त्यसलाई सार्वजनिक गर्नेछु ।’ अध्यक्ष नेपालले भने ।

अध्यक्ष नेपालले अन्य मन्त्रीहरुले पनि त्यसैगरी नै राजीनामा पत्र पठाउने विश्वास व्यक्त गरे । उनले मन्त्री मण्डल पुर्नर्गठनका लागि आफुहरुले पठाएको पत्र नै प्रयाप्त भएकाले राजीनामा नै चाहिन्छ भन्ने नभएको बताए ।

‘त्यस आधारमा सरकारले तुरुन्तै त्यो निर्णय लागू गर्ने काममा लागोस् । तपाईहरुले कुरा उठाउनु भएको छ, मन्त्रीहरुमा महिला खोइ ? महिला दिएर नै सबैथोक हुने हैन क्वालिटी पनि चाहिन्छ । थुप्रै महिला योग्य छन् तर कहिलेकाँही बाध्यता पनि हुन्छ ।’ अध्यक्ष नेपालले भने ।

उनले पार्टीको केन्द्रीय कमिटीको निर्णय भइसकेकोले तलमाथि गर्न नहुने बताउँदै कमिकमजोरीलाई आगामी दिनमा सच्याएर सबै प्रदेशलाई समिेट्ने गरी उपयुक्त व्यक्तिलाई समेट्ने कुरालाई आत्माथ गर्ने बताए । उनले आजै मन्त्रिमण्डल गठन हुने समेत बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सरकारले कर्मचारीदेखि शिक्षकसम्मको नयाँ तलबमान लागु गर्ने निर्णय गरेको छ । साउन

काठमाडौं । नेपाली बजारमा सुनको भाउ निरन्तर उतार–चढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)सँगै मिलेर चुनाव लड्ने निर्णय गरेसँगै नेपाल समाजवादी पार्टीका नेता