Logo
३१ श्रावण २०७९, मंगलवार
     Tue Aug 16 2022
E-paper
  English Edition
   Unicode
Logo

रातो किताब प्रकाशन नहुँदा सदन संचालन हुन सकेन



ज्ञानेन्द्र ठाकुर। मधेस प्रदेश सरकारले बजेट प्रस्तुत गरेको पाँच दिन पुगेपनि बजेट पुस्तिका (रातो किताब) प्रकाशन गर्न सकेको छैन ।

प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले अर्थ मन्त्रालयले बजेट पुस्तिका उपलब्ध नगराएकोले सदन सञ्चालन हुन नसकेको बताएका छन् । उनले मन्त्रालयले योजना पुस्तिका उपलब्ध गराएपछि छलफल सुरू हुने जानकारी दिए ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सचेतक परमेश्वर साहले सरकारले रातो किताब उपलब्ध गराउन एक साताको समय माग गरेको बताए । उनले सांसदहरूले बजेट पुस्तिका प्राप्त गरेपछि मात्र बजेटमाथि दफावार छलफल सुरू हुने जानकारी दिए ।

मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८०का लागि ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारको बजेट ल्याएको छ । अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले सरकारले चालूतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार अर्थात् ४६.४४ प्रतिशत रकम विनियोजन गरेको जानकारी दिए ।

यसैगरी पुँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजार अर्थात् ५३.२१ प्रतिशत, वित्तीय व्यवस्थातर्फ १६ करोड २४ लाख ५६ हजार २ सय अर्थात् ०.३५ प्रतिशत विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतको राजस्वबाट ४ अर्ब १८ करोड ९३ लाख ७५ हजार, कोषहरूमा रहेको सञ्चित रकम ३८ करोड, नेपाल सरकारबाट राजश्व बाँडफाँडबापत प्राप्त ११ अर्ब ६१ करोड ५८ लाख र समानीकरणबापत प्राप्त अनुदान ७ अर्ब ८१ करोड ५८ लाख रहेको मन्त्री साहले बताए ।

चालू आर्थिक वर्षको विनियोजनबाट बचत हुने नगद मौज्दात ९ अर्ब ६६ करोड, विशेष अनुदान ४९ करोड, समपुरक अनुदान ७८ करोड, संघीय सरकारबाट सशर्त योजनाको लागि प्राप्त अनुदान १० अर्ब ६ करोड ५१ लाख र युनिसेफबाट प्राप्त हुने अनुदान ४ करोड ३३ लाख ४७ हजार गरी जम्मा ४५ अर्ब ४ करोड ९९ लाख २८ हजार ब्यहोर्दा रु. १ अर्ब ८२ करोड १० लाख १८ हजार २ सय न्यून हुने देखिन्छ । सो न्यून पूर्ति गर्न आगामी आर्थिक वर्षमा आन्तरिक ऋण परिचालन गरिनेछ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सरकारले कर्मचारीदेखि शिक्षकसम्मको नयाँ तलबमान लागु गर्ने निर्णय गरेको छ । साउन

काठमाडौं । नेपाली बजारमा सुनको भाउ निरन्तर उतार–चढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)सँगै मिलेर चुनाव लड्ने निर्णय गरेसँगै नेपाल समाजवादी पार्टीका नेता