Logo
३१ श्रावण २०७९, मंगलवार
     Tue Aug 16 2022
E-paper
  English Edition
   Unicode
Logo

राजीनामा पत्र बुझाएका मन्त्री आलेले भने–पार्टीको निर्णय स्वीकार्य छ



काठमाडौं । पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले मन्त्रीहरुसँग राजीनामा माग्ने पार्टीको निर्णर्य आफुलाई स्वीकार्य भएको बताएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा पुगेर राजीनामा पत्र बुझाएका मन्त्री आलेले संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुराकानी गर्दै आफूले मन्त्री पदमा नरहने जानकारीसहितको पत्र पार्टीमा बुझाइसकेको बताउदै उक्त पत्र पार्टीमात्रर्फत् प्रधाामन्त्रीलाई जाने जानकारी समेत दिए ।

‘मन्त्रालयका तर्फबाट राष्ट्रिय सभामा जवाफ दिएँ । मेरो दायित्व पूरा भयो । राजीनामा पत्र पार्टीलाई दिइसकेको छु । पार्टीले नै सांसद र मन्त्री बनाउने र फिर्ता पनि बोलाउन सक्ने भएकोले पार्टी निर्णय स्वीकार्य छ ।’ उनले भने ।

आलेले आज बेलुका ५ बजे पर्यटन मन्त्रालयमा पत्रकार सम्मेलन गरेर आफुले अहिलेसम्म गरेका कामहरुको बारेमा जानकारी दिने बताएका छन् ।

नेकपा (एकिकृत समाजवादी) ले जेठ २२ मा पुराना मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेर नयाँ मन्त्रीहरुको नाम समेत सार्वजनिक भइसक्दा पनि पार्टीको उक्त निर्णय कार्यान्वयन हुन सकेको छैन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सरकारले कर्मचारीदेखि शिक्षकसम्मको नयाँ तलबमान लागु गर्ने निर्णय गरेको छ । साउन

काठमाडौं । नेपाली बजारमा सुनको भाउ निरन्तर उतार–चढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)सँगै मिलेर चुनाव लड्ने निर्णय गरेसँगै नेपाल समाजवादी पार्टीका नेता