
काठमाडौं । सनराइज बैंकले विपन्न बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बर्दिबासको श्री जनता उच्च माध्यमिक विद्यालयमा अध्ययनरत विपन्नवर्गका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो ।
बैंकका अनुसार बैंकको बर्दिबास शाखाले बर्दिबास नगरपालिका वडा नं. २ स्थित सो विद्यालयको कक्षा १ देखि ५ सम्म अध्ययनरत ५० जना विपन्नवर्गका विद्यार्थीहरुलाई स्कूल ब्यागलगायतका विविध शैक्षिक सामाग्रीहरु बैंकको मधेश प्रदेश प्रमुख दिपक पण्डित र बैंकका बर्दिबास शाखा प्रमुख खड्ग बहादुर सिंहले वितरण गरेका हुन् ।
बैंकले विद्यार्थीहरुलाई विद्यालय आउन प्रेरित गर्न र उनीहरुको शिक्षामा साथ दिने उद्देश्य अनुरुप उक्त कार्यक्रमको आयोजना गरिएको जनाएको छ ।
विद्यालयका प्रधानाध्यापक दिलीपकुमार तिवारीले बैंकलाई धन्यबाद दिंदै आगामी दिनहरुमा बैंकसंग सहकार्य गरी विद्यार्थीहरुका लागि वित्तीय साक्षरता कार्यक्रम संचालन गरिने योजना रहेको जानकारी दिए ।