Logo
२५ श्रावण २०७९, बुधबार
     Wed Aug 10 2022
E-paper
  English Edition
   Unicode
Logo

गर्मी मौसममा आँखालाई कसरी जोगाउने ?



सामान्यतयाः जेठ–असारको गर्मीपछि आउने मनसुनले सबैलाई निकै राहत दिन्छ । वर्षाको कारण, तापक्रम घट्छ, जसले स्वाभाविक रूपमा तपाईंलाई आनन्द महसुस गराउँछ । तर स्वास्थ्यका हिसाबले मनसुन पनि उत्तिकै चुनौतीपूर्ण मानिन्छ । वातावरणको आर्द्रता र फोहोर बढेसँगै वर्षा समयमा धेरै रोग र संक्रमणको जोखिम पनि बढेको हुन्छ । यो मौसमले छाला, मृगौला, पेट र आँखामा धेरै किसिमका समस्या निम्त्याउने गर्दछ । यस लेखमा हामी मनसुनमा हुने आँखाको समस्या र रोकथामका बारेमा जान्न प्रयास गर्नेछौं ।

स्वास्थ्य विज्ञहरू भन्छन्, मनसुनले धेरै प्रकारका संक्रमणहरू पनि ल्याइदिन्छ, जसलाई सबैले ध्यानमा राख्न आवश्यक हुन्छ । आँखामा संक्रमणको अवस्था पनि गम्भीर हुनसक्ने भएकाले मनसुनमा आँखाको स्वास्थ्यलाई पटक्कै बेवास्ता नगर्न स्वास्थ्य विज्ञहरू सुझाब दिन्छन् । आँखाको इन्फेक्सन तब हुन्छ जब भाइरसले नेत्रगोल, कोर्निया वा कन्जङ्क्टिभा, बाहिरी र भित्री पलकको झिल्लीमा आक्रमण गर्छ । यसको विशेष सुरक्षा आवश्यक छ ।

मनसुनमा वायुमण्डलको आर्द्रताले धेरै प्रकारका भाइरस र ब्याक्टेरिया बढ्ने जोखिम बढाउँछ । यस अवधिमा गरिने कुनैपनि लापरबाहीले आँखासम्बन्धी समस्याहरू जस्तैः कन्जक्टिभाइटिस, जलन–रातो हुने, चिलाउने र कतिपय अवस्थामा दीर्घकालीन समस्या निम्त्याउन सक्छ । यस्ता समस्याबाट बच्न आँखाको निरन्तर हेरचाह आवश्यक हुन्छ । आउनुहोस् जानौं यसका लागि कस्ता कुराहरूमा ध्यान दिनुपर्छ ?

आफ्नो व्यक्तिगत सामानहरु अरुलाई नदिनुहोस्

आँखाको संक्रमणबाट बच्नका लागि तौलिया, तकिया, रुमाल जस्ता आफ्नो व्यक्तिगत वस्तुहरू कसैसँग सेयर गर्नुहुँदैन । यी चीजहरू आँखासँग प्रत्यक्ष सम्पर्कमा आउँछन्, जसका कारण संक्रमणको जोखिम बढ्छ । साथै, अनावश्यक रूपमा आँखा छुन वा रगड्नबाट जोगिनुहोस् । यदि आँखा चिलाउने भयो भने यसलाई सफा रुमाल वा टिस्युले पुछ्नुहोस् । त्यसपछि हात सफा गर्नुहोस् । सकभर हातले सिधा आँखा नपुछ्नुहोस् । आँखा हात लैजानै परेमा पनि हातलाई राम्रोसँग सफा गर्नुहोस् ।

कस्मेटिक्स सामाग्रीहरु प्रयोग नगर्नुहोस्

आँखामा संक्रमण, जलन वा चिलाउने बेलामा आँखामा मेकअप वा कस्मेटिक प्रयोग नगर्नुहोस् । यसले जलन वा रातोपन खराब बनाउन सक्छ । आँखाहरू पनि केही चीजहरूमा संवेदनशील हुन्छन्, त्यसैले सौन्दर्य प्रसाधनहरूमा पाइने केमिकल र किरिलो सामग्रीले तपाईंको समस्याहरू थप्न सक्छ । धेरैले आँखामा अनावश्यक रुपमै पनि घामबाट बच्न भन्दै औषधीहरु प्रयोग गरिरहेका हुन्छन् । चिकित्सकको सल्लाह र सुझाब बिना त्यस्ता औषधीहरु प्रयोग गर्नु हुँदैन । गर्मीको समयमा बेला–बेला सफा र चिसो पानीले आँखा धुनु लाभदायक हुन्छ ।

आँखा स्वस्थ्य राख्न कस्ता कुरामा ध्यान दिने ?

गर्मी मौसममा आँखामा कुनै किसिमको अप्ठ्यारो महसुस भएमा तुरुन्तै डाक्टरलाई सम्पर्क गर्नुहोस् । यो मौसममा भाइरल संक्रमण धेरै देखिने गर्दछ । यसका कारण मानिसहरु अक्सर नर्भस भएर आफैं औषधि खान थाल्छन् तर, त्यसो गर्दा तपाईंको समस्या थप बढ्न सक्ने हुन्छ । डाक्टरको सल्लाह बिना आँखामा कुनै पनि औषधि वा आइड्रप प्रयोग नगर्नुहोस् ।

तपाईंको आँखा रातो भएमा कन्ट्याक्ट लेन्स नलगाउनुहोस् । यसले संक्रमण र जलनको जोखिम कम गराउँछ । आँखामा फोहोर पानी परेमा तुरुन्तै सफा पानीले आँखा धुनुहोस् । एजेन्सीबाट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । स्थानीय निर्वाचनमा जस्तै प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि एमाले एक्लो हुने भएको

काठमाडौं । बझाङको बुङगल नगरपालिका ९ रारुमा एकै परिवारका तीन आमाछोरा र छोरी झुण्डिएको

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि लिइने परीक्षामा ७० अंक ल्याए पास

काठमाडौं । काठमाडौंको मुटु मानिने थापाथलीमा रहेको नर्भिक अस्पतालले एक रोपनी ८ आना १