Logo
२ भाद्र २०७९, बिहीबार
     Thu Aug 18 2022
E-paper
  English Edition
   Unicode
Logo

फैलिदै छ हैजा, डा. पुन भन्छन्–यी तीन कुरामा मुख्य ध्यान दिउँ



असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको छ । १२ जनामा एकजना सिन्धुपाल्चोकका रहेका छन् ।

बागबजारबाट सुरु भएको हैजा अहिले सबैतिर फैलिरहेको छ । विशेष त सानेपा डिल्लीबजार, बुढानीलकण्ठ, बल्खु, नैकाप, कपन, बालाजुबाट झाडापखाला लागेर उपचार गर्न राजधानीका विभिन्न अस्पतालमा पुगेका २५० जना विरामीबाट संकलन गरिएको नमुनामा १२ जनामा हैजा पुष्टि भएको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार पाटन अस्पतालमा २ र स्टार अस्पतालमा उपचार गराएका १ जना गरी थप ३ जनामा हैजा पुष्टि भएपछि हाल उपत्यकाभर १२ जना हैजाका विरामी भेटिएका हुन् । उनीहरुमध्ये ६ जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भएको र ती मध्ये ४ जना डिस्चार्ज भइसकेका छन् । साथै २ जनाको उपचार भइरहेको बताइएको छ । अन्यको राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

हैजा पुष्टि भएकामा प्रयाजसोले धाराको पानी नउमालि पिएको र एकजनाले जारको पानी पिएको पाइएको छ । उनीहरुले पिएको जारको पानी र प्रयोग गर्ने धाराको पानी परीक्षण गर्दा पानीमा हैजा गराउने ‘इकोलाई’ नामक जिवाणु भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका अधिकारीहरुले बताएका छन् । अधिकारीहरुका अनुसार हालसम्म गरिएको परीक्षणमा पानीकै कारण झाडा पखाला फैलिरहेको छ ।

डा. पुन भन्छन् यी तीनकुरामा ध्यान दिउँ
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विेशषज्ञ डा. शेरबहादुर पुनले पछिल्ला केहीदिनयता काठमाडौं उपत्यकामा तिब्ररुपमा हैजा फैलिएका कारण सावधानी अपनाउन आग्रह गरेका छन् ।

डा. पुनले हैजाबाट बच्नका लागि मुख्य गरेर तीनवटा कुरामा ध्यान दिन आग्रह गरेका छन् । उनले मुख्यत खानेकुरा राम्ररी पकाएर खाने र ताजा खानेकुरामात्र खाने, देस्रोमा खानेपानीलाई मिलेसम्म उमालेर खान सुझाएका छन् । हामीले प्रयोग गर्ने धाराको पानीको पाइप फुटेका कारण ढलको पानी समेत मिसिएर आउने गरेका कारण त्यस्तो पानीले रोग निम्त्याउने हुनाले त्यसलाई उमालेर पिउने अथवा अन्य कुनै विधि प्रयोग गरेर पिउन सुझाव दिन्छन् डा. पुन ।

त्यसैगरी संक्रमित व्यक्तिले दिशा पिसाब गरेपछि राम्रोसँग साबुन पानीले हात नधोइ खाना तथा पानीहरु छुने गरेमा पनि त्यसले संक्रमण फैलाउने डा. पुन बताउँछन् ।

तत्काल अस्पताल जान सुझाव
डा. पुनले यदि कुौपनि सामान्य व्यक्तिमा तारन्तार पातलो दिशा लागेमा, चौलानी पानीजस्तो पातलो दिशा लागेमा, निरन्तर वमिट भएमा त्यस्ता व्यक्तिहरु निकै कमजोर हुने हातखुट्टा बाउडिने, आलस्य हुने, बैचनी हुने लगायतका लक्षणहरु हैजाका प्रमुख कारण रहेको बताउँछन् ।

उनले सामान्य व्यक्तिलाई निरन्तर चौलानी पानी जस्तो दिशा लागेमा वा माथिका लक्षण देखिएमा तत्कालै विरामीलाई अस्पताल लैजान सुझाउँछन् डा पुन । सामान्य हो भनेर घरमै बस्दा विरामीको ज्यानै जाने जोखिम समेत रहेको डा पुन बताउँछन् ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आगामी चुनावमा तालमेल गरेर अघि बढ्ने सहमति गरेपनि पाँच दलीय सत्ता गठबन्धनमा

काठमाडौं । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएसिसी)ले सञ्‍चालन गरेको मेरो सेयरको वेबसाइट बेलुका ५ः३०

बैतडी । बलात्कारको आरोप लागेका पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीलाई कारागार चलान गरिएको

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको