Logo
३१ श्रावण २०७९, मंगलवार
     Tue Aug 16 2022
E-paper
  English Edition
   Unicode
Logo

शीत युद्धतर्फ यसरी धकेलिँदैछ विश्व



रुस–युक्रेन युद्ध चलेको चार महिना पुग्न लागेको छ । तर, यो युद्ध कसरी टुंगिने हो र के परिणति ल्याउने हो अहिले नै यकिन गरेर कसैले भन्न सकिने अवस्था छैन । झट्ट बाहिर हेर्दा यो युक्रेन र रुसबीचको युद्ध भएपनि वास्तवमा यो अब नाटो पक्ष र नाटो विरोधी राष्ट्रहरु बीचको युद्धको रूपमा परिणत भएको देखिन्छ । वास्तवमा यो अमेरिकाको नेतृत्वमा नाटोका विस्तारका कारण उत्पन्न सुरक्षा संवेदनशीलतको उपज हो भनिएमा अत्युक्ति हँुदैन । यो युद्धले विश्वलाई दुई ध्रुबमा खडा गरिदिएको छ । त्यसले गर्दा अहिले शक्ति राष्ट्रहरुको कूटनीतिक गतिशीलता पनि तीव्ररूपमा बढेको छ र आफ्नो शक्ति परीक्षणको रूपमा पनि युद्धलाई तिनले प्रयोग गर्न खोजिरहेको प्रतीत भइरहेको छ । यस हिसाबले यो कहिले तीव्र कहिले मन्द गतिमा लम्बिदै जाने चरित्रको देखिएको छ । नाटो र रुस दुबै पछि सर्ने स्थितिमा अहिलेसम्म देखिएका छैनन् । युक्रेन त निमित्त नायक जस्तो मात्र भएर मार खाइरहेको छ ।

यो त युद्धका दुई पक्षको कुरा मात्र हो । मूल कुरा त यसले विश्वमा पारेको प्रभाव हो । अहिले यसको लेखाजोखा पनि भइरहेको छ । खासगरी रुस र बाँकी विश्वमा यसको आर्थिक, राजनीतिक, सामरिक र सामाजिक परिणाम के–कस्तो हुँदैछ र हुनेछ भन्ने कुराले ठूलो अर्थ राख्दछ । अनि आगामी विश्वको स्थिति, गति र परिणतिको पनि निर्धारण गर्दछ । प्रश्न के छ भने अत्याधिक घातक र विनाशकारी आणविक र परमाणविक हातहतियारले सुसज्जित शक्ति राष्ट्रहरुले सीमित र कम क्षमताका हातहतियार मात्र प्रयोग गर्दा पनि ठूलो जनधनको क्षति भइरहेको स्थितिमा ठूलो क्षमताका विध्वंशकारी शस्त्रास्त प्रयोग गरे भने अत्यन्तै छोटो समयमा अकल्पनीय विनाश हुन जाने कुरा प्रष्ट छ । त्यसैले त्यस्तो युद्धमा अघि बढ्ने कुरा युद्धकारी पक्ष स्वयंका लागि पनि आत्मघाती हुने कुरा तिनले बुझेका छन् ।

युद्धरत शक्ति राष्ट्रहरुका बीच युक्रेनको मूल्यमा भइरहेको युद्ध त्यसैले लम्बिदै गएको र यसले बढ्दो क्षति र संकट बाहेक कुनै परिणाम नआएको आजको स्थिति हो । युक्रेनलाई आफ्नो पक्षमा नाटोमा ल्याउने अमेरिकी नेतृत्वको नाटो र नाटोमा जान नदिने रुसबीचको युद्ध नाटोले युक्रेनलाई समर्थन दिँदासम्म अहिले जस्तै नै लम्बिने देखिन्छ । नाटोले लगातार युक्रेनलाई युद्ध सामाग्री दिएर यस्तै संकेत दिइरहेको छ । यसले गर्दा स्थिति तत्कालै सामान्य दिशातर्फ मोडिने संकेत मिल्दैन ।

युद्धरत शक्ति राष्ट्रहरुका बीच युक्रेनको मूल्यमा भइरहेको युद्ध त्यसैले लम्बिदै गएको र यसले बढ्दो क्षति र संकट बाहेक कुनै परिणाम नआएको आजको स्थिति हो । युक्रेनलाई आफ्नो पक्षमा नाटोमा ल्याउने अमेरिकी नेतृत्वको नाटो र नाटोमा जान नदिने रुसबीचको युद्ध नाटोले युक्रेनलाई समर्थन दिँदासम्म अहिले जस्तै नै लम्बिने देखिन्छ । नाटोले लगातार युक्रेनलाई युद्ध सामाग्री दिएर यस्तै संकेत दिइरहेको छ । यसले गर्दा स्थिति तत्कालै सामान्य दिशातर्फ मोडिने संकेत मिल्दैन । हालै अमेरिकी राष्ट्रपति जो बाइडेनले चाँडै नै युक्रेनलाई एक अर्ब डलर बराबरको अतिरिक्त सैन्य सहयोग गर्ने जुन घोषणा गरेका छन्, त्यसले पनि युद्ध लम्ब्याउने र रुसलाई पहिला सन् १९९० तिर अफगानिस्तानमा जस्तै फसाउन खोजेको प्रतीत हुन्छ । युक्रेनलाई नयाँ अफगानिस्तान बनाउने दिशामा नाटो देशहरु र खासगरी अमेरिका लागेको देखिन्छ । तर अफगानिस्तानबाट अमेरिकाले विनाशका बीचबाटै फर्कनु परेको आफ्नो इतिहासलाई हेर्न खोजेको देखिँदैन ।

यद्यपि अहिलेको युक्रेन समस्याले यूरोपको सामरिक स्थिति त बदलेको छ नै यसले विश्वको आर्थिक स्थिति पनि नराम्रोसँग चर्मराइरहेको छ । मूलतः ऊर्जा आपूर्तिमा नराम्रोसँग नकारात्मक असर परिरहेको छ । फलतः कच्चातेल र प्राकृतिक ग्यासको आपूर्तिमा परेको असरले तिनको मूल्य अत्याधिक बढेको छ । यसको असर हाम्रो देशमा पनि हरेक साता तेलको मूल्यमा भइरहेको बृद्धिले थप प्रष्ट पारिरहेको छ । यसका अतिरिक्त युक्रेनबाट ठूलो मात्रामा गहुँको निर्यात हुन्थ्यो । पश्चिम एशियाली देश र अफ्रिका युक्रेनकै गहँुमा निर्भर रहेका छन् । युद्धले गर्दा अहिले त्यस क्षेत्रमा गहुँको आपूर्ति बन्द छ । त्यसैले हालै संयुक्त राष्ट्रका एजेन्सीहरुले चेतावनी दिँदै भनिसकेका छन् कि युक्रेनको गहुँमा निर्भर रहेका देशहरुमा भोकमरीको मार खेप्नु पर्ने स्थिति उत्पन्न हुन सक्दछ । भारतले पनि यस युद्धको प्रभावले गर्दा गहुँको निर्यात रोकेको छ । यद्यपि उसले ‘जीटुजी’(सरकार–सरकारबीच) एजेन्सीका माध्यमबाट गहुँको आपूर्ति गराउन माग पनि गरेको छ ।

अर्कोतिर, चीनका राष्ट्रपति शीजिनपिङ्गले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटीनसँग फोन वार्ता गरेर चीन–रुसको सम्प्रभूता र सामरिक दृष्टिकोणको पक्षमा रहेको प्रष्ट पारेको व्यहोरा चिनीयाँ विदेश मन्त्रालयले सार्वजनिक गरेको छ । चीनको यो दृढ समर्थन र सहयोगात्मक भावनाले रुसी राष्ट्रपति पुटीनलाई ठूलो राहत मिलेको हुनु पर्दछ । किनभने पश्चिमा देशहरुले रुसमाथि प्रतिबन्ध लगाइरहेको र त्यसले निकै ठूलो आर्थिक संकट उत्पन्न हुन थालेको बेला रुसलाई चीनको आर्थिक सहयोगको आवश्यकता बढ्दो मात्रा रहेको थियो । चीनले जे–जित ऊर्जाको आयात रुसबाट गरिरहेको छ, त्यो अब बढ्ने संकेत पनि रुसले पाएको हुुनु पर्दछ । अनि अन्य सामानहरुको आयात पनि कटौति नहुने कुरामा पनि रुस आश्वस्त भएको हुनु पर्दछ । यसैबीच चीनले रुसबाट आयात गरिने तेलको मात्रा बढाएको खबर पनि प्रकाशमा आइसकेको छ । यो बितेको वर्षको भन्दा ५५ प्रतिशत बढीले बृद्धि गरेर रेकर्ड कायम गरेको बताइँदैछ । यसले गर्दा रुस अहिले चीनमा साऊदी अरबभन्दा बढी तेल निर्यात गर्ने देश बनेको छ ।

आज रुस–युक्रेन युद्धको विश्व व्यवस्थामाथि नै गम्भीर असर पर्न जानु अस्वाभाविक छैन । यसले विश्वलाई एउटा नयाँ शीत युद्धको अवस्थामा धकेल्ने सम्भावना पनि टड्कारै छ । यसको एउटा किनारामा अमेरिका र अर्कोतिर चीन हुने कुरा पनि प्रत्यक्ष प्रकट नै भइसकेको छ ।

वास्तवमा रुस र चीनका राष्ट्र प्रमुखहरुको यो पछिल्लो भावभंगीमाले यही संकेत गर्दछ कि चीन अमेरिकी विश्वनीतिको हरेक किसिमले सामना गर्न सक्षम छ । चीन अहिले पनि रुसको सामरिक दृष्टिकोणको चर्चा गर्दछ र यसरी समस्यामा परेको रुसलाई साथमा लिएर र सहयोग गरेर सँगसँगै अघि बढ्न चाहन्छ । यसप्रकार चीन, अमेरिका र नाटो देशहरुको सामना गर्न परोक्षरूपमा दृढतापूर्वक अघि बढिरहेको छ । वस्तुतः आज विश्वव्यापीरूपमा हेर्ने हो भने विश्वको समस्या नै अमेरिका र चीनबीचमा रहेको टक्कर देखिन्छ । यस स्थितिमा चीनले रुसको साथ दिनु र अमेरिकाले नाटोलाई धाप दिनुले कुरा के हो बुझ्न सकिन्छ । तर अमेरिकालाई के थाहा छ भने आफ्नो दबाबमा रुसबाट ऊर्जा आपूर्ति नगर्ने कुरामा यूरोपेली देशहरुले निरन्तर लागि रहने अमेरिकालाई विश्वास छैन । किनभने अमेरिकाको कुराले उनीहरुको ऊर्जा समस्या हल हुँदैन । जीवन चलायमान हुन सक्दैन । त्यसैले रुसमाथि धेरै ठूलो दबाब बढाउँदा स्थिति भड्किन सक्छ र त्यो थामि नसक्नु हुन सक्छ भन्ने कुरा अमेरिकी बाइडेन प्रशासनले राम्ररी बुझेको हुनु पर्दछ र शायद त्यसैलाई उसले शान्तिमाथिको खतरा भन्ने गरेको छ ।

आज रुस–युक्रेन युद्धको विश्व व्यवस्थामाथि नै गम्भीर असर पर्न जानु अस्वाभाविक छैन । यसले विश्वलाई एउटा नयाँ शीत युद्धको अवस्थामा धकेल्ने सम्भावना पनि टड्कारै छ । यसको एउटा किनारामा अमेरिका र अर्कोतिर चीन हुने कुरा पनि प्रत्यक्ष प्रकट नै भइसकेको छ । यस स्थितिमा नेपाल जस्ता देशहरुले विश्वलाई शान्ति, स्थिरता र अग्रगमनको असंलग्न बाटोमा दृढ रहेर अघि बढ्नभन्दा अर्को कुनै उपाय छैन । विश्वभरीका शान्तिकामीर साम्राज्यवादी युद्ध बिरोधी शक्तिहरु नेपालका मित्र हुन् भन्ने कुरालाई आत्मसात गर्न दायाँ-बाँया नलागि अग्रसर हुनै पर्दछ । नेपालको रणनीतिक र भू–राजनीतिक स्थितिले यही माग गर्दछ । कतैतिर नबहकीई सुझबुझपूर्णं तरीकाले अघि बढ्नु आजको ज्वलन्त आवश्यकता हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सरकारले कर्मचारीदेखि शिक्षकसम्मको नयाँ तलबमान लागु गर्ने निर्णय गरेको छ । साउन

काठमाडौं । नेपाली बजारमा सुनको भाउ निरन्तर उतार–चढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)सँगै मिलेर चुनाव लड्ने निर्णय गरेसँगै नेपाल समाजवादी पार्टीका नेता