Logo
३१ श्रावण २०७९, मंगलवार
     Tue Aug 16 2022
E-paper
  English Edition
   Unicode
Logo

एससीटी र गरिमा विकास बैंकबीच सम्झौता



काठमाडौं । स्माटच्वाईस टेक्नोलोजिज कम्पनी(एससीटी) र गरिमा विकास बैंकबीच सम्झौता भएको छ । एससीटी र गरिमाबीच एससीटी-युपीआई डेबिट कार्डमार्फत भुक्तानी सेवा प्रदान गर्नको लागि सम्झौता सम्पन्न भएको हो ।

कम्पनीका अनुसार एससीटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र गरिमाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

नेपाल राष्ट्र बैंकको नीति र निर्देशन अनुरुप समग्र भुक्तानी प्रणालीमा नगदको भौतिक प्रयोगलाई कम गर्दै विद्युतीय कारोबारलाई बढवा दिने प्रमुख उद्देश्यका साथ क्रियाशील एससीटी र बैंकको यस सहकार्यबाट मुलुकको समग्र डिजिटल इकोसिस्टमको विकासमा थप योगदान पुग्न जाने आशा कम्पनीले लिएको छ ।

यस सम्झौता पश्चात एससीटी र गरिमा विकास बैंकवीच एससीटी-युपीआई डेबिट कार्ड प्रयोगको क्षेत्रमा सहकार्य हुने बैंकले जनाएको छ । बैंकले आफ्ना ग्राहकलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्ने जनाइएको छ ।

त्यसैगरी, एससीटी सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतमा एटीएम, पीओएस, इ-कमर्स जस्ता सेवा सजिलै लिन सक्ने सुविधा प्राप्त हुने कम्पनीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सरकारले कर्मचारीदेखि शिक्षकसम्मको नयाँ तलबमान लागु गर्ने निर्णय गरेको छ । साउन

काठमाडौं । नेपाली बजारमा सुनको भाउ निरन्तर उतार–चढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)सँगै मिलेर चुनाव लड्ने निर्णय गरेसँगै नेपाल समाजवादी पार्टीका नेता