
काठमाडौं । सिटिजन्स बैंकले शाखा रहित बैंकिङ्ग सेवा भुमेमा विस्तार गरेको छ । बैंकले रुकुमको भुमे गाउँपालिका-९ चुनवाङ रुकुमपुर्वमा यहि आषाढ १०, गतेबाट ९६ औं शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको हो ।
बैंकले सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी भिम प्रसाद पुनलाई व्यवसायिक प्रतिनिधिनि युक्त गरिएको जनाएको छ ।
बैंकका अनुसार यस शाखा रहितबैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइलफोनको बिलभुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।
बैंकले देशका दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गर्दै आएको जनाएको छ ।