back

रुसद्धारा थप ४३ क्यानेडियालीलाई आफ्नो इलाका प्रवेशमा प्रतिबन्ध

वि.सं.२०७९ असार १३ सोमवार

150 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

मस्को । यूक्रेनमा रूसले आक्रमण गरेको आरोपमा ओटावाले लगाएको प्रतिबन्धको जवाफमा रूसले सोमबार थप ४३ जना क्यानेडियालीलाई आफ्नो इलाकामा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ ।

रूसी विदेश मंत्रालयद्वारा प्रकाशित नयाँ कालो सूचीमा प्रधानमन्त्री जस्टिन ट्रुडोको लिबरल पार्टीका नेता सुजान कावन र क्यानेडियाली तथा बेलायती केन्द्रीय बैंकका पूर्व गभर्नर मार्क कार्नी समावेश रहेका छन् । रूसले वरिष्ठ निजामती कर्मचारी, उच्च अधिकारीका राजनीतिक सल्लाहकार र नागरिक समाजका सदस्यहरूलाई पनि दण्डित गरिएको जनाएको छ ।

मस्कोको विदेश मन्त्रालयले ट्रुडो सरकारको ‘रूसोफोबिया’को आलोचना गरेको छ ।

यूक्रेनमा आफ्नो आक्रमणको सुरुवातदेखि नै रूसले आफ्नो इलाकामा प्रवेश गर्न सोमबार घोषणा गरिएकालगायत ७०० भन्दा बढी क्यानेडियालीहरूलाई प्रतिबन्ध लगाएको छ ।

मे महिनामा क्रेमलिनले क्यानेडियाली राष्ट्रिय सार्वजनिक प्रसारक सीबीसी÷रेडियो–क्यानडाको मस्को कार्यालय बन्द गरी आफ्ना पत्रकारको भिसा र मान्यता पास रद्द गरेको थियो ।

यो कदम मार्चमा रूसी राज्य सञ्चालित सञ्चारमाध्यम आरटीमा प्रतिबन्ध लगाउने क्यानाडाको निर्णयको बदलामा भएको बताइएको छ ।एएफपी

वि.सं.२०७९ असार १३ सोमवार २०:४५ मा प्रकाशित

NABIL bank AD
चीनको सम्पत्ति विकास लगानी पहिलो दुई महिनामा नौ प्रतिशतले गिरावट

चीनको सम्पत्ति विकास लगानी पहिलो दुई महिनामा नौ प्रतिशतले गिरावट

बेइजिङ । चीनको सम्पत्ति विकासमा लगानी सन् २०२४ को पहिलो...

एडिबीद्वारा श्रीलङ्कालाई १० करोड डलर ऋण स्वीकृत

एडिबीद्वारा श्रीलङ्कालाई १० करोड डलर ऋण स्वीकृत

मनिला । एसियाली विकास बैंक (एडिबी) ले सोमबार श्रीलङ्काका साना...

अफगानिस्तानको सडक दुर्घटनामा परी २१ जनाको मृत्यु, ३८ घाइते

अफगानिस्तानको सडक दुर्घटनामा परी २१ जनाको मृत्यु, ३८ घाइते

काबुल । अफगानिस्तानको दक्षिणी हेल्मान्ड प्रान्तमा आइतबार एउटा बस र...

हाइटीमा फसेका आफ्ना नागरिकलाई उद्धार गर्ने अमेरिकी तयारी

हाइटीमा फसेका आफ्ना नागरिकलाई उद्धार गर्ने अमेरिकी तयारी

वासिङ्टन । क्यारेबियन मुलुक हाइटीमा हप्तौंदेखि जारी हिंसात्मक झडपपछि संयुक्त...

सुडानमा ५० लाख मानिस भोकमरीको जोखिममा

सुडानमा ५० लाख मानिस भोकमरीको जोखिममा

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घले सुडानको द्वन्द्वरत समूहलाई ‘विनाशकारी’ भोकमरीबाट...

विदेशी पर्यटकको चाप बढेसँगै उकालो लाग्दै श्रीलङ्काको अर्थतन्त्र

विदेशी पर्यटकको चाप बढेसँगै उकालो लाग्दै श्रीलङ्काको अर्थतन्त्र

कोलम्बो ।सन् २०२३ को चौथो त्रैमासिकमा पर्यटन आगमनमा वृद्धिसँगै अकल्पनीय...