Logo
२ भाद्र २०७९, बिहीबार
     Thu Aug 18 2022
E-paper
  English Edition
   Unicode
Logo

पाकिस्तानमा अस्पताल भर्ना हुने सङ्क्रमितको सङ्ख्यामा वृद्धि



इस्लामावाद । पाकिस्तानमा कोरोना भाइरसबाट सङ्क्रमित भइ अस्पताल भर्ना हुनेहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । नयाँ सङ्क्रमितको सङ्ख्या भने तीन प्रतिशत मात्रै देखिएको सरकारी स्वास्थ्य अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

राष्ट्रिय स्वास्थ्य संस्था (एनआइएच) इस्लामावादले पछिल्लो २४ घण्टामा देशभर ३८२ जना नयाँ सङ्क्रमित भएको तथ्याङ्क सार्वजनिक गरेको छ ।
सोही अवधिमा कुल १३ हजार ४१२ जनाको कोरोना परीक्षण गरिएको थियो । पाकिस्तानमा अहिले चार हजार ६३२ जना सङ्क्रमित अवस्थामै रहेका छन् । ती मध्ये ८७ जनालाई अति सघन कक्षमा राखेर उपचार भइरहेको छ ।

सरकारी अधिकारीहरुका अनुसार पाकिस्तानमा कोरोनाका कारण अहिलेसम्म ३० हजार ३९० जनाको मृत्यु भएको छ । पाकिस्तानमा अहिलेसम्म ८५ प्रतिशतलाई कोरोना भाइरस विरुद्धको खोपको पूर्ण मात्रा दिइसकिएको छ । एएनआई

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएसिसी)ले सञ्‍चालन गरेको मेरो सेयरको वेबसाइट बेलुका ५ः३०

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा

बैतडी । बलात्कारको आरोप लागेका पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीलाई कारागार चलान गरिएको

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको