
अमेरिका । अमेरिकाको टेक्सासमा एक लरीभित्र ४० जनाको शब फेला परेको छ ।
अमेरिकाको चर्चित समाचार ऐजेन्सी द न्यूर्योकका अनुसार सान आन्तोनियो सहरको बाहिरी क्षेत्रमा वेवारिसे अवस्थामा भेटिएको लरीमा उक्त शबहरु फेला परेका हुन् ।
प्रहरी अधिकारीका अनुसार उक्त लरीमा रहेका १२ जना जिवितै फेला परेको र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ । प्रहरीले मृत्यु भएकाहरु को हुन् र कहाँबाट आएका हुन् भन्ने अनुसन्धान गरिरहेका छन् ।
अनुसन्धानका क्रममा उनीहरुहरु मेक्सिको हुँदै अमेरिका प्रवेश गरेका आप्रवासीहरु रहेको अनुमान गरिएको छ । उनीहरुको मृत्यु के कारणले भयो भन्ने पनि नखुलेको समाचार ऐजेन्सीले लेखेको छ ।
सोमबार उक्त क्षेत्रको तापक्रम ३९.४ डिग्री रहेको र लरीभित्र थुनिएका उनीहरुको अत्यधिक गर्मीकै कारण मृत्यु भएको हुनसक्ने अनुमान प्रहरीको छ । उक्त लरीका चालकको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ ।