Logo
३१ श्रावण २०७९, मंगलवार
     Tue Aug 16 2022
E-paper
  English Edition
   Unicode
Logo

आज यी पाँच प्रदेशका केही भू-भागमा भारी वर्षा र यी नदीको बहाव एक्कासी बढ्ने



काठमाडौं । हाल देशैभरी सक्रिय रहेको मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न भू–भागमा मध्यम तथा भारी वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै र सुदुरपश्चिम प्रदेश का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै राति पनि प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी तथा एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ भने कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

नेपाल बाढी पूर्वानुमान महाशाखाले पछिल्लो ६ घण्टा झापाको भद्रपुर, विर्तामोड, शनिश्चचरे, दोमुखा– कन्काई र आसपास भारी बर्षामापन भएको छ र थप बर्षा हुने पुर्वानुमान रहेकाले मेची, बिरिङ, निन्दा, गेर्खा र आसपासका साना नदीमा एक्कासी बहाव हुन सक्ने, तटिय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सरकारले कर्मचारीदेखि शिक्षकसम्मको नयाँ तलबमान लागु गर्ने निर्णय गरेको छ । साउन

काठमाडौं । नेपाली बजारमा सुनको भाउ निरन्तर उतार–चढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)सँगै मिलेर चुनाव लड्ने निर्णय गरेसँगै नेपाल समाजवादी पार्टीका नेता