Logo
३१ श्रावण २०७९, मंगलवार
     Tue Aug 16 2022
E-paper
  English Edition
   Unicode
Logo

आईपिओ निष्काशन गर्दै अपर हेवाखोला



काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले यहि असार २४ गतेदेखि सर्वसाधारणका लागि १५ लाख कित्ता शेयर निष्काशन गर्ने भएको हो ।

जस मध्ये ३० हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ७५ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकी रहेको १३ लाख ९५ हजार कित्ता शेयरको लागि सर्वसाधारणको लागि आवेदन दिन सक्ने छन् ।

आईपिओमा असार २८ गतेसम्म दिन सकिने छ । आईपिओको लागि आवेदन दिंदा न्युनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि एनएमबी क्यापिटल लिमिटेड विक्रि प्रबन्धक रहेको छ ।

कम्पनीले यसअघिनै आयोजना प्रभावित स्थानीयका लागि शेयर निष्काशन गरिसकेको छ । कम्पनीले प्रदेश नं. १ अन्तर्गत संखुवासभामा ८.५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

अपर हेवाखोलाले आईपिओ जारी गर्ने


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सरकारले कर्मचारीदेखि शिक्षकसम्मको नयाँ तलबमान लागु गर्ने निर्णय गरेको छ । साउन

काठमाडौं । नेपाली बजारमा सुनको भाउ निरन्तर उतार–चढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)सँगै मिलेर चुनाव लड्ने निर्णय गरेसँगै नेपाल समाजवादी पार्टीका नेता