
काठमाडौं । राष्ट्रियसभाका सांसद वामदेव गौतमले नयाँ राजनीतिक दलको घोषणा गर्दैछन् ।
सासद गौतमले आज दिउँसो २ः४५ मा रिर्पोटर्स क्लवमा पत्रकार सम्मेलन आयोजना गरेर नयाँ दलको घोषणा गर्ने भएका हुन् ।
नेकपा विभाजन पश्चात नेताद्धय केपी ओली र माधव कुमार नेपाल कतैपनि नलागि नेकपालाईनै पुनर्जीवित गराउने अभियानमा लागेका गौतमको उक्त प्रयास सफल हुन नसकेपछि आज नयाँ राजनीतिक दल घोषणा गर्न लागेका हु्न् ।
श्रोतका अनुसार उनले घोषणा गर्न लागेको दलको नाम (राष्ट्रिय एकता अभियान) रहेको छ ।