Logo
३१ श्रावण २०७९, मंगलवार
     Tue Aug 16 2022
E-paper
  English Edition
   Unicode
Logo

जसपामा मन्त्री हेरफेरको जिम्मा अध्यक्ष उपेन्द्र यादवलाई



काठमाडौं पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुको हेरेफेरको तयारीमा रहेको जनता समाजवादी पार्टी (जसपा)को संस्थापन पक्षले मन्त्री हेरफेरको जिम्मा अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ ।

अध्यक्ष यादवले सोमबार साँझ बोलाएको जसपाको कार्यकारिणी समिति सदस्यहरुको छलफलमा मन्त्रीहरु हेरफेरका बारेमा छलफल चलेको र आगामी निर्वाचनलाई ध्यानमा राखेर मन्त्री हेरफेर गर्ने तयारी भएको बताइएको छ ।

जसपाबाट असन्तुष्ट बनेका संघीय परिषद् अध्यक्ष  डा. बाबुराम भट्टराई पक्ष अलग हुने तयारी गरिरहेका बेला अध्यक्ष यादवले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुको हेरफेर गर्ने तयारी गरिहेका छन् ।

श्रोतका अनुसार १–२ जना मन्त्री हेरफेर गर्ने कि सिंगो टिम नै गर्ने भन्नेबारे टुंगा लागेको छैन । तर कृषिमन्त्री महेन्द्र राय यादवलाई भने फिर्ता बोलाउने तयारी भइरहेको छ । भट्टराई पक्ष मानिएका यादव सोमबारको छलफलमा पनि उपस्थित नभएको बताइएको छ ।

श्रोतका अनुसार असार २५ गतेभित्र बस्ने कार्यकारिणी समितिको बैठकले फिर्ता बोलाउने र नयाँ पठाउने मन्त्रीहरुको टुंगो लगाउनेछ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सरकारले कर्मचारीदेखि शिक्षकसम्मको नयाँ तलबमान लागु गर्ने निर्णय गरेको छ । साउन

काठमाडौं । नेपाली बजारमा सुनको भाउ निरन्तर उतार–चढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)सँगै मिलेर चुनाव लड्ने निर्णय गरेसँगै नेपाल समाजवादी पार्टीका नेता