
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले फलफूलमा रसायन प्रयोग गर्ने व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
केही दिनयता बजारमा आएका आपलगायतका फलफूलमा अत्यधिक मात्रामा कार्वाइड ((एसिटिलिन ग्यास)को प्रयोग गरेको पाइएपछि विभागले मंगलबार सूचना जारी गरेर यस्तो चेतावनी दिएको हो ।
विभागले रसायन प्रयोग गरि फलफूल पकाउनु पर्ने भएमा अन्तरािष्ट्रय प्रचलनमा रहेका फलफूल पकाउन स्वीकृति रसायनहरुको तोकिएको विधि अनुरुप मात्र गर्न र त्यसो नगरिएमा खाद्य नियमावली २०२७ अनुसार कारबाही गर्ने चेतावनी दिएको हो ।
विभागले आँप लगायतका फलफूल खरिद गर्दा कार्टुन वा क्रेटमा फलफूलको प्रत्यक्ष सम्पर्कमा रहने गरी केमिकल राखेको पाइएमा खरिद नर्गन र विभाग मातहतका कार्यालयमा जानकारी दिन तथा फलफूल उपभोग गर्दा राम्ररी सफा पानीले पखालेर मात्र उपभोग गर्न उपभोक्तालाई अनुरोध गरेको छ ।